करोडौको चिनियाँ मदिरा भित्रियो
मुगु न्युज डट कम----------
साउन ३० मुगु---------------
चिनको स्वशासित क्षेत्र तिब्बतबाट यो वर्ष पनि करोडौंको अबैध चिनियाँ मदिरा मुगुका विभिन्न गाउँमा भित्रिएको छ ।
साउन दोस्रो साताबाट १५ दिनका लागि तिब्बतको हर्बा जिल्लामा लागेको हाटमा पुगेका मुगुका पुर्वी करान भेकका पाँच गाविस तथा जिल्लाका सोरु र गम भेकका स्थानीय व्यापारीहरुले यसरी करोडौंको अबैध चिनियाँ मदिरा ल्याएका हुन । हाट लाग्नु पुर्व स्थानीय प्रशासन र प्रहरीले तिब्बतबाट अबैध रुपमा भित्रिने चिनियाँ मदिरा आउन नदिन सिमा प्रहरी चौंकि मुगुलाई र प्रहरी चौकि पुलुलाई निर्देशन दिएको भए पनि विना रोकटोक सयौं घोडा, खच्चड र खसिमा निर्वाध रुपमा चिनियाँ मदिरा जिल्ला भित्रिएको छ । सिमा प्रहरी चौकिसंगै भन्सार कार्यालय भए पनि तिब्बतबाट आउने चिनियाँ मदिरा लगायत अन्य व्यापारिक सामान, लुगाफाटो, खाद्य वस्तु आईरहेको छ । खाद्य वस्तु र अन्य व्यापारिक सामान तथा चिनियाँ च्याँग्राबाट न्युन भन्सार शुल्क उठाउने गरे पनि चिनियाँ मदिरामा रोक लगाउन सिमा प्रहरी र भन्सार असक्षम देखिएको छ । घोडा खच्चड र खसिमा बोकाएर चिनियाँ मदिरा सदरमुकाम नजिकका गाउँ तथा सोरु भेक तिर गएको छ भने मुगु गाविसका स्थानीयवासीले तिब्बतबाट ल्याउने करोडौंको मदिराजन्य पेय र अन्य व्यापारिक सामान तिब्बतसंग जोडिएको सिमा क्षेत्र नाक्चे लाग्ना नजिक रहेको मुगुको रिमार भन्ने स्थानमा राख्ने र यार्सा टिप्ने समय भन्दा अगाडी हरेक वैशाखमा विक्रि गर्ने गरिरहेका छन ।
जिल्ला प्रहरी कार्यालयले सिमा प्रहरी चौकी मुगुलाई चिनियाँ मदिरा भित्रिन नदिन निर्देशन दिएको भए पनि अहिले खुला रुपमा करोडऔको मदिरा आउनुले भन्सारका कर्मचारी र सिमा प्रहरीको मिलेमतो भएको देखिन्छ । हामीले यो वर्ष तिब्बतबाट चिनियाँ मदिरा आउन नदिन कडाई गर्न भनेर निर्देशन दिई सकेका थियौ । अहिलेसम्म मदिरा भित्रियो भन्ने कुनै जानकारी छैन , जिल्ला प्शासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले नागरिकसंग भने । चिनियाँ मदिरा आयातमा रोक लगाउन हामीले कडा निर्देशन दिएकाले अहिले चिनियाँ मदिरा आएको छैन । हामीले सिमा प्रहरीलाई गमगढीबाट छडके समेत गरेका छौ ,अहिलेसम्म चिनियाँ मदिरा भित्रिएको कुनै जानकारी छैन के रहेछ बुझ्छौ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक पुष्कर केसीले भने ।
0 comments
बिचार लेख्नुहोस्..