दुई महिला समुह देउडाको फाईनलमा


मुगु न्युज डट कम---------
साउन ३१ मुगु--------------
       साउने झरीसंगै सदरमुकाम गमगढी शुक्रवार देखि देउडामय भएको छ । शुक्रबार देखि श्रीकृष्णा जन्माष्टमीको अवसरमा महिला देउडा गीत प्रतियोगिताको महिला तर्फ आयोजना गरिएको प्रतियोगितामा सहभागि भएका दश वटा महिला समुह मध्य दुई वटा समुह फाईनल खेलमा पुगेका छन भने एउटा समुह तृतीय भएको छ ।
      प्रगतीशील महिला समुह गमगढी र रारा कोशेली महिला समुह गमगढी फाईनलमा पुगेका छन भने उनिहरुले अन्तिम प्रतिस्पर्धा आईतवार गर्ने जात्रा आयोजक समितिका संयोजक पदमराज मल्लले बताए । त्यस्तै भवानी महिला समुह रोवा भने प्रतियोगितामा तेस्रो भएको छ । शनिवार पुरुष तर्फ सुरु भएको देउडा प्रतियोगितामा छवटा समुहले भाग लिएका छन । पश्चिम खत्याड भेगबाट दुई वटा , सोरु भेगबाट एउटा , हुम्लाबाट एउटा र सदरमुकाम गमगढीका दुई गरि छ वटा समुहले प्रतियोगितामा भाग लिएका छन ।

, ,

0 comments

बिचार लेख्नुहोस्..