छोरा पाउने रहरले गर्भवतीको मृत्यु
न्युज डट कम--------
साउन ३१ मुगु------------
धेरै बच्च जन्मे पनि एउटा छोरी मात्र बाँचेको र छोरा जनमाउने रहर गर्दा शनिवार एक जना गर्भवती महिलाको सुत्केरी हुन नसकेर मृत्यु भएको छ ।
सुकाढिक गाविस वडा नम्बर २ निवासी ३३ वर्षीया खत्रिलाई शुक्रवार राती सुत्केरी वेथा लागे पनि घर परिवारले स्वास्थ्य चौकि र स्वास्थ्यकर्मी कहाँ नलिएर धामी झाँक्रिसंग झार फुक गराएका तथा शनिवार विहान सुत्केरी हुन नसकि मृत्यु भएको स्थानीयवासी देवेन्द्रराज कार्कीले जानकारी दिए । सुत्केरी वेथाले च्यापेसंगै अत्याधिक रक्तश्राव भएको र परिवारले घरमा नै धामी झाँक्रिबाट झार फुक गर्दा गर्दै शनिवार विहान खत्रिको मृत्यु भएको हो । खत्रिले यस अघि छ वटा बच्चा जन्माए पनि पाँच मरेका तथा एक छोरी बाँचे पनि छोरा जन्माउने आशामा यो पटक खत्रिको ज्यान गएको स्थानीयवासीले बताएका छन । यो भन्दा अगाढी जन्मिएकी छोरीलाई नेपालगञ्जमा शल्यक्रिया गरि निकालीएको थियो । त्यति वेला चिकित्सकले अर्को बच्चा जन्माउन नहुने बताए पनि घर परिवार र समाजले छोरा हुनु पर्छ भनेपछि अहिले खत्रिको ज्यान गएको छ । शुक्रवार वेलुकी नै खत्रिलाई वेथा लागेको थियो । सुकाढिक गाउँको लेक ह्याँचुडी भन्ने स्थानबाट स्वास्थ्य चौकि आम गाउँमा पुग्न तिन घण्टा लाग्ने भए पनि परिवारले स्वास्थ्य चौकिमा नल्याएर घरमा नै सुत्केरी गराउन खोजेको स्थानीयवासीले बताएका छन ।
0 comments
बिचार लेख्नुहोस्..