दशैंमा भेडा च्याँग्राको अभाव
मुगु न्युज डट कम--------
भदौ २९ मुगु------------
चिनियाँ रुपैयाँको मुल्यवृद्धि भएपछि व्यापारीले खसी ,च्याँग्रा महंगोमा खरिद गर्न नसकेपछि यसपालीको दशैंमा मुगुमा भेडा च्याँग्राको अभाव हुने देखिएको छ ।
मुगुसंग जोडिएको चिनको स्वशासित क्षेत्र तिब्बतबाट वर्षेनी दशैंका वेला हजारौ चिनियाँ भेडा च्याँग्रा आउने गरे पनि यस पटक चिनियाँ रुपैयाँको मुल्य एक रुपैया युयानको नेपाली सोह्र रुपैयाँ पुगेपछि तिब्बत पुगेका व्यापारीहरुले चिनियाँ भेडा च्याँग्रा खरिद नगरि फर्किएका छन । अघिल्लो वर्ष चिनियाँ युयान १ रुपैयाँको नेपाली १२ रुपैया रहेकोमा यस वर्ष त्यसको मुल्य १६ रुपैयाँ पुगेको छ । तिब्बती व्यापारीले तिब्बतमा एउटा च्याँग्राको १३ हजार देखि १८ हजार मुल्य तोकेपछि त्यहाँ पुगेका मुगाली व्यापारी रित्तै फर्किएका हुन । हामीले तिब्बतमा १५ केजीको च्याँग्रालाई १३ हजार तिरेर खायौ । ठुला भेडा च्याँग्राको तिब्बतीले १८ हजार सम्म भने यता ल्याएर कतिमा बेच्नु त्यसैले खसी नल्याएर कम्बल किनेर फर्कियौं रारा गाविसका व्यापारी शेरबहादुर बुढाले भने । अहिले तिब्बतबाट खसी नआउने भएपछि मुगुका धेरै जसो व्यापारी खसी किन्न सुदुर पश्चिमका अछाम, बाजुरा बझाङ लगायतका जिल्ला तिर गएका छन । दशैंको वेला प्राय गरि प्रत्येक घरमा एक एक खसी काट्ने , देवी देउताका मन्दिरहरुमा समेत खसी बोका बलि दिने भएकाले पनि मुगुमा भेडा खसी धेरै खपत हुने गर्दछ ।
अहिले मुगुका लागि तिब्बती च्याँग्रा नआए पनि मुगु डोल्पा हुँदै पोखरा तर्फ चारहजार चिनियाँ भेडा च्याँग्रा गएको व्यापारीले बताएका छन । यस पटक चिनियाँ भेडा च्याँग्रा मुगु भित्रिए नभित्रिएको सिमा प्रहरी चौकी मुगुले कुनै जानकारी नदिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्रीहजुर सिलवालले बताए । यता हिन्दुहरुको महान चाड नजिकिदै आईरहेको छ भने बजारमा दैनिक उपभोग्य वस्तुको अभाव समेत हुन थालेको छ । वर्षाका कारण कर्णाली राजमार्ग अन्र्तगत नाग्म गमगढी सडक खण्ड अवरुद्ध भएपछि मालबाहक गाडी अहिलेसम्म चल्न सकेका छैनन । बजारमा रहेको मौजदात दैनिक उपभोग्य सामान सकिएको छ । चामल, दाल, चिनी ,मैदा, तेल लगायतका दैनिक उपभोग्य वस्तुको अभाव हुन थाले पछि हुन सक्ने कालो बजारी प्रति उपभोक्ता चिन्तित हुन थालेका छन । गमगढी बजारमा सबै भन्दा ठुलो सप्लायर्स मानिएको रविन्द्र टे«डर्स एण्ड सप्लायर्समा अहिले सबै उपभोग्य सामान सकिएको र चामल ६० प्याक मात्र रहेको सञ्चालक रवि रावतले जानकारी दिए । सामान आएर जुम्लाको गोठी जिउला, नाग्म तिर थन्किएको छ यता सामान अभाव भएर ग्राहक रित्तै फर्काउनु परेको छ रावतले भने ।
0 comments
बिचार लेख्नुहोस्..