रुदै छुट्यो पिरती
मुगु न्युज डट कम----------
भदौं २९ मुगु-----------
बाल बिबाह गर्न भनेर घरबाट भागेर हिडेका एक जोडि बाल बालिकालाई प्रहरीले उनिहरुका अभिबाबको जिम्मा फर्काई दिदा उनिहरुबीच रुवावासी चल्यो ।
जिल्ला प्रहरी कार्यालयले आईतवार उमेर नपुगी विवाह गर्न नपाईने भन्दै केटा कटीलाई उनिहरुका अभिभावकको जिम्मा लगाएपछि केटा कटी दबै बाल प्रेम विछोडिएको हो । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु भेगको कालै गाबिस वडानम्बर ९ निबासि बर्ष १९ का बिक्रम बिटालु र गम्था गाबिस वडा नम्बर ७ निबासि बर्ष १६ कि नाम परिबर्तित कविता बिबाह गर्न गाँउबाट हिडेको दुई हप्ता पछी जिल्ला प्रहरी कार्यालय मुगुले उनिहरुलाई आ आफना अभिबाबकको जिम्मा लगाएका हो । कविता कालै स्थित आफ्नो मामाको घरमा बसेर विजय मावि कालैमा कक्षा ९ मा अध्ययनरत थिईन ।
दुई हप्ता अगाढी बिबाह गर्न भनेर जिल्ला सदरमुकाम गमगढी आई पुगेका ति बालबालिकालाई खोजतलास गर्नका लागी प्रहरी चौकि कालैमा बालिकाका बाबुले निबेदन दिएपछि जिल्ला प्रहरी कार्यालयले बालबालिका दुबै जनालाई कार्कि बाडा गाबिसको नाउर भन्ने स्थानमा बालककी दिदीको घरमा लुकेर बसेको अबस्थामा फेला पारी आईतबार जिल्ला प्रहरी कार्यालयमा बालिकाका बाबु र बालकका दिदीलाई उमेर नपुगन्जेल छुटाछट्टै बस्ने काज गराई जिम्मा लगाईएको प्रहरी नायब उपरिक्षक श्री हजुर सिलवालले जानकारी दिए ।
उमेर नपुगेरै बिबाह गर्ने बालबालिकाकालाई उनिहरुका अभिभाबकको जिम्मा लगाईउएको यो जिल्लामै पहिलो भएको भएपनि अधिकासं बाल बिबाह उनिहरुकै अभिबाबकको सहमतिमा गाँउ घरमै गर्ने गरेका हुन्छन । बालबिबाहका घट्नाका बारे अहिले सम्म जिल्ला प्रहरी कार्यालयमा कुनै पनि लिखित जानकारी नआएकाले गाँउघरमा बाल बिबाहका घट्ना बढ्न थालेका सिलवालको भनाई रहेको छ ।
कक्षा ९ मा अध्यनरत छोरी दुई हप्ता देखि मावली घरबाट मावलि गाँउकै केटासग बिबाह गर्न भागेको खबर सुनेपछि कैलालि रहेका बाबु खोजिमा जिल्ला सदरमुकाम आई पुगेका थिए । दुई हप्ता सम्ममा दुबै जनालाई कतै नभेटाए पछि प्रहरी समक्ष खोजि गरिदिन आग्रह गरेको बालिकाका बुवाले जानकारी दिए । अहिले छोरीको उमेर पनि नपुगेको र पढाई समेत बिग्रने भएकाले आफुले छोरीको जिम्मा लिएको र उमेर पुगेपछि आफनो ईच्छा अनुसार बिबाह गर्छ बालिकाका बाबु चिन प्रसाद संञ्ज्याल बताए । अहिले जिल्लामा बाल विवाहका घटना बढिरहेको भन्ने सुनिन्छ , दशै लगैतै गाउँ गाउँमा बालबालिका सम्बन्धि काम गर्ने निकायहरुको समन्वयमा जन चेतना मुलक कार्यक्रम सञ्चालन गर्ने सोच गरिरहेको प्रहरी प्रमुख सिलवालको भनाई छ । चालु आर्थिक वर्षको साउन यता मात्र जिल्ला प्रहरी कार्यालयमा बालबालिका सम्बन्धि ९ वटा ठाडो उजुरी परेका र ति मध्य पाँचवटा मिलापत्र गराईएको तथा चारवटा बाँकि रहेको कार्यालयले जनाएको छ । एउटा हराएको भन्ने आएपछि खोजेर फिर्ता पठाईएको कार्यालयको भनाई छ ।
यता आईतवार राष्टिय बाल दिवशका अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागि भएका मध्य अधिकाँशले बाल अधिकार, बालश्रम, बाल संरक्षण र बाल विवाहका सन्दर्भमा लामै भाषण गरेको सुनियो तर बाल विवाह न्युनिकरण गर्ने उपायका विषयमा कसैले केही बोलेनन । सदरमुकाममा हुने बाल संरक्षण सम्बन्धि यस्ता कार्यक्रमले ग्रामीण बालबालिकाहरुका सन्दर्भमा कुनै अर्थ नराख्दा दिन प्रतिदिन मुगुमा बाल विवाहको क्रम बढ्दो छ ।
0 comments
बिचार लेख्नुहोस्..