मुगुमा अस्पताल बनाउँन ८० लाख सङ्कलन

ललितपुर, भदौ २२– मुगु जिल्लामा अस्पताल निर्माण गर्ने उद्देश्यले गत आइतबारदेखि सुरु गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आज सम्पन्न भएको छ । महायज्ञमा करिब रु ८० लाख सहयोग सङ्कलन भएको बताइएको छ । 

ओमरारा हेल्थ फाउन्डेसनद्वारा जावलाखेलमा आयोजित महायज्ञमा कथा श्रवणका लागि विभिन्न स्थानबाट आएका दाताहरूले आर्थिक सहयोगसँगै जग्गासमेत दान दिएका छन् । फाउन्डेसनका अध्यक्ष खड्कबहादुर शाहीले सरकारले दुर्गम जिल्लाको विकासका लागि बेवास्ता गरेको भन्दै मुगु जिल्लामा अस्पताल निर्माणका लागि सो अभियान सुरु गरेको बताए । अध्यक्ष शाहीका अनुसार आफूहरुले निर्माण गर्न लागेका अस्पतालको लागि करिब रु ११ करोडको अनुमान गरिएको भएपनि अहिलेसम्म आफूहरु दाताकै खोजीमा रहेको बताउँदै महायज्ञको अवधिमा विभिन्न समाज सेवी र राजनीजिक दलहरुको पनि उल्लेख्य सहभागिता रहेकाले सहयोगको थप आशा रहेको बताए । महायज्ञ मूल समारोह समितिमा अध्यक्ष एवम् उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डे र ॐ हेल्थ फाउन्डेसनका अध्यक्ष डा भोला रिजालको सक्रियतामा महायज्ञ आयोजना गरिएको हो । महायज्ञको प्रमुख वाचकका रूपमा पण्डित दीनबन्धु पोखरेल रहेका थिए । आयोजकका अनुसार मुगु जिल्लामा हरेक वर्ष उपचार नपाएर धेरै नागरिकले ज्यान गुमाउनुपरेकाले त्यसमा केही राहत पुगोस् भन्ने लक्ष्य लिएर महायज्ञको आयोजना गरिएको हो ।

स्रोत (ratopati.com)


,

1 comments

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

बिचार लेख्नुहोस्..