राष्ट्रिय दिवसकै दिन राष्ट्रिय झण्डाकै अपममान
मुगु न्युज डटकम........
मुगु २३ भदौ , जिल्ला सदरमुकाम गमगढीमा राष्ट्रिय शिक्षा दिवस मनाई रहेकै बेला राष्ट्रिय शिक्षा दिवसे अपमान भएको परष्ट देखिएको थियो ।
श्री महाकाली उच्च माध्यमिक बिद्यालयको खुल्ला मैदानमा जिल्ला क्षिशा कार्यालयको आयोजना र जिल्ला शिक्षा संजालको सहयोगमा राष्ट्रिय शिक्षा दिवस मनाईरएकै बेला राष्ट्रिय झण्डाको अपमान भएको परष्ट देखिएको हो ।
कुनै पनि राष्ट्रिय कार्यक्रमको संचालन गर्दा राष्ट्रिय झण्डा तोलन गर्दा नेपाल स्काउटको सलामि गर्नु पर्ने राष्ट्रिय प्रचलन भएका भएपनि सोमबार शिक्षा दिवस मनाईदै गर्दा नत स्काउट बाट सालमि नै दिएको थियो भने झण्डा लाई पुरै रुपमा तोलन गरिएको थियो झण्डा लाई आधा भाागमा मात्र राखिएकाले कुनै सोकमा झुकाएको झण्डा जस्तै रुप देखिएकाले कुनै पनि निकायले झण्डा प्रति बेवास्ता गरेको भान देखिएको थियो ।
नेपाल स्काउटका जिल्ला संयोजक वा जिल्ला आयुक्त र स्काउट बिद्यार्थी बाट सलामि दिन पर्ने राष्ट्रिय प्रचलन भएकै बेला सोमबार मनाउदै गरेको शिक्षा दिबसमा भने सलामि बिनानै झण्डा तोलन भएको छ भने झण्डा लाई आधा झुकाएको अबस्था रहेको थियो ।
1 comments
बिचार लेख्नुहोस्..
September 11, 2014 at 9:22 AM
यस पटकको राष्ट्रिय शिक्षा दिवस कार्यक्रम तर्जुमा गर्दाको क्षणमा नेपाल स्काउटका जिल्ला आयुक्त उपस्थित हुन नसक्नु भए पनि तयारीको समीक्षा गर्दाको क्षणमा उपस्थित हुनुहुन्थ्यो । त्यतिबेला उहाँले सुझाव दिनु भएको भए यो त्रुटी हुने थिएन । कार्यक्रम सञ्चालन हुनु पुर्व पनि यसलाई समेट्न सकिन्थ्यो । जे भए पनि तयारीमा कमीकमजोरी धेरै नै थिए ।