पुरुषको शव फेला



मुगु न्युज डट कम---------------
कार्तिक ११ मुगु----------
जिल्लाको पश्चिम खत्याड भेग स्थित खमाले गाविसको बाटोमा वेवारिसे एक पुरुषको शव भेटिएको छ ।
 खमाले गाविस वडा नम्बर पाँचमा पर्ने मुल बाटोमा जुम्ला जिल्ला विराट गाविस वडा नम्बर २ माझ बुडु गाउँ निवासी पचास वर्षिय रन बुढाको शव मंगलवार वेवारिसे रुपमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुढाको के कारणले मृत्यु भएको भन्ने कुरा खुल्न नसकेको प्रहरीको भनाई छ । बुढाका आफन्तहरु कोही आई नसकेकाले शवको उठाईएको छैन । मृतक बुढाका आफन्त आए शवको पोष्ट मार्टमका लागि जिल्ला अस्पताल मुगु ल्याईने प्रहरीले जनाएको छ ।

, ,

0 comments

बिचार लेख्नुहोस्..