होटल संचालक सहित चार जुवाडे पक्राउ


   
मुगु न्युज डट कम-----------

मुगु ११ कार्तिक,
सदरमुकाम गमगढीको न्युरोड स्थित होटल सौगातमा जुवा खेलिरहेको बेला सोमबार प्रहरीले चार जुवाडे सहित होटल संचालक लाई प्रहरीले पक्राउ गरेको छ ।
 न्युरोड स्थित होटल सौगात एण्ड रेष्टुरेण्टमा जुवा खेलिरहेको बेला नगद २८ हजार ६ सय ७० रुपैया सहित चार जना जुवाडे र होटल संचाक जयबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको हो ।
 जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मित्र बहादुर आर्चायका अनुसार प्रहरीले लामो समय देखि जिल्ला सदरमुकाम गमगढीमा जुवा खेलाई रहेको जानकारी पाएको र ति स्थानको खोजिमा प्रहरी लागि परेको भएपनि पहिलो पटक जुवा खेलाई रहेको अबस्थामा प्रहरीले होटल संचालक सहित नगद रुपैया र चार जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो ।
 सोमबार पक्राउ परेका होटल संचालक सहित अन्य चार जना जुवाडेलाई मंगलबार जिल्ला अदालतमा म्याद थप गराई जुवा ऐन अन्त्रर्गत मुद्धा दर्ता समेत भई सकेको प्रहरी निरिक्षक आर्चायाले बताए । पहिलो पटक प्रहरीले नगद सहित जुवाडेलाई समातेको भएपनि सदरमुकाम गमगढीका होटल र घरहरुमा अझै जुवातास खेलाई रहेको  सर्बसाधरणको भनाई रहेको छ ।

, ,

0 comments

बिचार लेख्नुहोस्..