असिनाले बाली सखाप भएपछि परिवार पाल्न भारत पस्ने तयारी



मुगु न्युज डट कम------------
कार्तिक १७ मुगु-------------
मेरो पाँच जनाको परिवार छ ,बर्खाभरि दुख गरेर खेती लायौं अहिले घर भित्र्याउन नपाई पाकेको धान , कोदो, फापर असिनाले सखाप बनायो । अब एक दुई दिनमा मजदुरी गर्न भारत जान्छु कोटडाँडा गाविस वडा नम्बर ३ रिखियाँ गाउँका गोविन्द परियारले भने ।
कार्तिक ८ गते एकाएक परेको असिनाले पाकेको धान लगायत अन्य अन्नवाली नष्ट पारे पछि परियार जस्तै जिल्लाका सोरु,खत्याड र गम भेगका पिडीत कृषकहरु परिवार पाल्न मजदुरी गर्न भारत पस्ने तयारी गरिरहेका छन । आईमाई साना बाल बच्चा बोकेर भारत जान सकिदैन । अब बजारमा उँधारो भए पनि चामल लिएर घरमा बालबच्चाका लागि राखेर म भारत जान्छु । म भारतबाट फर्कि नआउदासम्म घर परिवारका लागि खाद्यन्न किन्न ऋण सापटी खोजिरहेको छु , राहतका लागि गमगढी पुगेका परियारले भने । हाम्रो वर्षभरि पेट भर्ने मुख्य उतपादन धान र कोदो हो , असिनाले धान कोदो लगायतको सबै बाली नष्ट गरि दियो, मेरो सात जनाको परिवार छ परिवारलाई विहान वेलुकी के खुवाउने भन्ने पिरले सताएको छ अब भारत नगएर सुख्खै छैन सोही गाउका नरसुर शाहीले दुखेसो पोखे । कोटडाँडा गाविसको वडा नम्बर १ देखि ४ रिखियाँ गाउँका १ सय २९ घरधुरीका पुरुषहरु परिवार पाल्न भारत जाने तयारी गरिरहेका छन । भारत जानुको अर्को उपाय छैन राहत तथा क्षतिपुर्तिका लागि गमगढी आईपुगेका रतनबहादुर शाहीले बताए ।

सात वटा गाविसमा ७ सय ९४ हेक्टरको पाकेको धान एक हजार ४ सय ५ मेट्रिक टन धान क्षेति भएको र  कोदो, सिमी र फापर लगायतका अन्य अन्न बाली २ सय ८४ मेट्रिक टन क्षेति भएको कृषि कार्यालयले जनाएको छ ।  औषतमा एक घरमा पाँच जनाको  परिवार रहने र एक जनालाई प्रति व्यक्ति मासिक २० केजी खाद्यन्न आवश्यक पर्ने हुँदा तत्काल एक महिनाका लागि सातै गाविसमा १० हजार ९ सय ५५ क्वीन्टल खाद्यन्न आवश्यक पर्ने तथ्याकं निकालिएको छ । यसको खर्च हेर्ने हो भने १४ करोड ५८ लाख लाग्ने देखिन्छ । जिल्ला दर रेट अनुसार धानको मुल्य प्रति केजी ६५ र कोदो , सिमी प्रति केजी ८० कायम छ यो मुल्यले क्षति रकम १३ करोड नाघेको जिल्ला कृषि विकास कार्यालयको भनाई छ ।
कार्तिक ८ गते दिन परेको असिनाले धान बाली तथा अन्यवालीमा भएको क्षेति जिल्ला तहबाट धान्नै नसकिने भएको छ । असिना पानीले जिल्लाका श्रीकोट ,सेरी, गम्था , श्रीनगर, कार्कीवाडा, खमाले, कोटडाँडा, रारा , कालै र धैनकोट गाविसमा पाकेको अन्नवाली पुर्ण रुपले नष्ट गरेको थियो । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठमा जिल्ला कृषि विकास कार्यालयले दिएको प्रतिवेदन अनुसार रारा, कालै र धैनकोट गाविस बाहेक अन्य सात गाविसमा १३ करोड ५० लाख ६५ हजार बराबरको धान, कोदो, सिमी, फापर लगायतका बाली क्षेति भएको छ ।  अरु तीन गाविसममा भएको क्षतिको विवरण आउन बाँकि रहेकाले क्षेति रकम अझै बढ्न सक्ने अनुमान गरिएको छ । नियम अनुसार असिनाले बालीमा क्षति भएको अवस्थामा पिडीतलाई राहत दिने कुनै व्यवस्था पनि नभएको र जिल्लाले धान्न समेत नसक्ने हुँदा पिडीतलाई राहतका लागि विभिन्न मन्त्रालय मार्फत सरकारसंग अनुरोध गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । सरकारसंग राहतका लागि अनुरोध गर्ने निर्णय भए पनि जिल्ला कृषि विकास कार्यालयले क्षेतिको पुरै विवराण सोमवार रातभरि तयार पारेपछि मात्र मंगलबार गृह मन्त्रालय, कृषि मन्त्रालय लगायतका निकायमा पठाउछौ प्रजिअ रेग्मीले भने ।

, ,

0 comments

बिचार लेख्नुहोस्..