मोतिया विन्दुको निशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने
मुगु न्युज डट कम---------------
कार्तिक ३० मुगु--------------
जिल्ला भरिका आँखाका रोगिहरुका लागि सदरमुकाम गमगढी स्थित प्राथामिक आँखा उपचार केन्द्रमा तीन दिने निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।
हिमालय आाँखा अस्पताल पोखरा र प्राथामिक आँखा उपचार केन्द्र मुगुको आयोजनामा हुन लागेको निशुल्क आँखा उपचार शिविरमा पहिलो प्राथामिकता मोतिया विन्दुको निशुल्क शल्यक्रिया गर्नु रहेको प्राथामिक आँखा उपचार केन्द्रका प्रमुख धु्रब बुढथापाले जानकारी दिए । सदरमुकाममा मंसिरको १३,१४ र १५ गतेसम्म सञ्चालन हुने शिवरमा बढि भन्दा बढि मोतिया विन्दुका विरामीले सहज सेवा लिन सकुन भनेर जिल्लाका सोरु ,खत्याडका तिन स्थानमा मोतिया विन्दुका रोगीको पहिचान गर्न छनौठ सिविर समेत सञ्चालन गरिने भएको छ ।
खत्याड भेगको माथी चौरमा मंसिर २ गते र रातापानीमा मंसिर ४ गते छनौठ शिविर सञ्चालन हुने छ भने सोरु भेगको सोरुकोटमा कार्तिक २९ गते छनौठ शिविर चल्ने छ । छनौठ शिविरमा पहिचान भएका मोतिया विन्दुका विरामीलाई गमगढी पुगेर निशुल्क रुपमा मोतिया विन्दुको शल्यक्रिया गराई सेवा लिन आग्रह गरिने प्राथामिक आँखा उपचार केन्द्रले जनाएको छ ।
0 comments
बिचार लेख्नुहोस्..