जून----५
रारा तालको सौन्दर्य, विश्वका प्रसिद्ध चार धाम मध्य एक छायानाथ, डोल्फु गाबिस मा रहेको तामा खानी र यार्सागुम्बाको मुहान भयर पनि मुगु कहिलै नेपालको अग्रपंति मा आउन सकेन्र दुख दरिद्रता, भोकमरी, र गरिबी ले सधै सताईरहयो्र आखिर एती धेरै प्राकृतिक सम्पति भएर पनि किन एति अविकसितरु यसको उत्तर खोज्न धेरै समय लाग्यो्र मुगु को बसाई एक वर्ष पुरा गरि दोस्रो वर्ष मा प्रवेश गर्दा बल्ल पो थाहा पाए, यहाँ राजनीति विकास गर्न होईन बिनास गर्न पो गरिदो रहेछ्र यहाँ पढने मान्छे छन्, लेख्ने मान्छे छन् अनि बोल्ने मान्छे पनि छन् तर गर्ने मान्छे शुन्य छन््र खै यहाँ का राजनितिग्यहरुले बेलुका के सोचेर सुत्छन् अनि बिहान के सोचेर उठ्छन्, अचम्म लाग्दो कुरो यो पो छ्र मैले सुनेको राजनीति समाज परिवर्तनको लागि गरिन्छ तर खै म त यहाँ आफु परिवर्तन भएका नेता मात्र देख्छु, समाज जस्ताको तेस्तै अनि जहाको तेही्र पार्टी विस्तार अनि सक्ति संघर्ष मा सबै उर्जा सकाउनुभन्दा समाज विकास को बारेमा केहि सोचे बिकसित समाज निर्माण गर्न गार्हो थियन्र अनि पार्टी त आफै विस्तार हुन्थ्यो कसैले जित्न नसक्ने गर्रि
अप्रिल २७, २०१४।।।।।।।।हाम्रो कार्यक्रम “हिमाली क्षेत्रमा श्रोतहरुको दिगो सदुपयोग” ले युवा संजाल गठन गरि दुई दिने तालिम संचालन गर्ने कार्यको थालनी गर्यौ्र सुकरात ले प्लेटो लाई शिक्षा दिए, प्लेटो ले अरिस्टोटल लाई र अरिस्टोटल ले सिकन्दर महान लाई शिक्षा दिए्र शिक्षा एकबाट अर्कोमा नसरेको भए, ज्ञान भन्ने वस्तु उहिल्यै मरिसकेको हुन्थ्यो्र विभिन्न १० गाबिस का २० जना युवा लाई एकिकृत गरेर होटेल ग्रान्ड गमगढी मुगु मा तालिम संचालन गर्ने जिम्मा नेपाल जलबायु परिबर्तन सहोयोग कार्यक्रम की जिल्ला संयोजक अमिता थापा मगर, इन्जिनियर प्रकाश शाही र स्वयम् म गरि तिन जना को युनिट ले विभिन्न क्रियाकलाप सहित तालिम चलायौ्र
सक्नेले लामो यात्रा गरि उच्च हिमाली क्षेत्र मा रहेको मन्दिर मा पूजा गर्न जान्छन, नसक्नेले घरमा भयको फोटोमा्र त्यस्तै गमगढी बजार देखि १५ मिनेट पश्चिम चैन गाउँ मा रहेको छायानाथ मन्दिर पनि उच्च हिमाली गाबिस डोल्फु मा रहेको छायानाथ को छाया हो्र तालिम को दोस्रो दिन बिहान हामी पनि हाईकिंग गर्न त्यहि मन्दिर मा गएर फर्क्यौ, स्कुल को मैदान मा रमाइलो ज्ञानबर्दक खेल संगै सामुहिक फोटो खिचेर नौ बजे नै हाम्रों होटेल मा उपस्थिति रह्यो्र बिहानी को कोमल घामसंगै होटेलको मुटुमा म, अमिताजी र मालिका सामुदायिक विकास केन्द्र, मुगु का अध्यक्ष सुरेस बहादुर शाही चिया खादै थियौ, नजिकै आउदैगरेको बिश्व बातावरण दिवस को बारेमा गफगाफ सुरु भो्र अमिताजी ले जून(५ मा चित्रकला प्रदर्शनी गर्ने कुरा झिक्नुभो्र चिनी लाई गुलियो भनिरहनु पर्दैन, तेजाबी सुन लाई कसी लाउनु पर्दैन भनेझै मलाई लाग्यो यो त धेरै राम्रो मुगुमै पहिलोपटक चित्रकला प्रदर्शनीरु मन खुसीले पुलकित भयो, राम्रो काम को लागि ढिला किनरु तुरुन्तै निर्णय गर्यौ बिश्व बातावरण दिवस मा चित्रकला प्रदर्शनी गर्ने्र नभन्दै जून(५ मा हामीले जिल्लाका विभिन्न कुना कन्दरा बाट बिधार्थी भाई बहिनि र मालिका सामुदायिक विकास केन्द्र मुगु का बन अधिकृत तथा चित्रकार मनोज परियार ले बनाएका १२० वटा वाताबरनिय सचेतनामुलक चित्र लाई प्रदर्शनी मा राख्यौ्र जुन मुगुमा पहिलो पटक अनि भब्य रुपमा उल्लेखनीय सहभागितामा सम्पन्न भयको थियो्र त्यो दिन बाट सकारात्मक सोच कि धनि बौद्धिक व्यक्तित्व अमिता जि लाई गुगल जि भनेर सम्बोधन गर्न थालेको छु्र
जिल्लामा गैरसरकारी संस्था का कर्मचारी र राजनीतिज्ञ हरु बीच राम्रो सम्बन्ध रहेको देखिदैन्र सबैलाई आ(आफ्नो डम्फु बजाउदै फुर्सद छैन्र समाज जता जावस् पैसा आफ्नै खल्ती मा आवस भन्ने मानसिकता मा रुमल्लिरहेका छन््र कर्मचारी भन्छन राजनीतिक दलले काम गर्न दियनन, राजनीतिक दल का अगुवा भन्छन कर्मचारी ले मनपरी गर्न पाइदैन्र एक ले अर्को लाई दोष थोपर्ने काम मात्रै भयको स्पष्ट देखिन्छ्र नजिकै आइरहेको बिश्व बातावरण दिवस को उपलक्ष्य पारेर राजनीतिक दल बिरुद्ध गैरसरकारी संस्था को मैत्रीपुर्ण फुटबल खेलको आयोजना गर्ने योजना बनाइ्र जसले सम्बन्ध विस्तार मा केहि भूमिका खेल्छ कि भन्ने आस थियो साथै वातावारनिय असर को बारेमा जनचेतना फैलाउन पनि सजिलो हुने थियो्र गृहकार्य पनि लामो नै भयको थियो तर बिडम्पना कर्मचारी साथीहरुको तथा अग्रजहरुले बारम्बार सम्भब छैन भनिरहदा म पनि पछी हट्न बाध्य भय्र सम्भव भयो भने आउदो दिनमा गर्ने पुरा गर्ने लक्ष्य राखेको छु्र
गहिराई मा डुब्दै नडुब, डुबीसकेकाछौ भने
मोति नटीपि नफर्क
लक्ष्यमा पुग्न सजिलो हुदैन
आत्तिएको मन लाई सम्हाल्दै जाऊ
निर शाह ले लेखेको यो गित को भाव झैँ माथिको काम बाट पछी हटेपनि फुटबल खेल जसरि पनि सम्पन्न गर्ने इच्छा थियो्र फलस्वरुप नेपाल कि मेस्सी सुनकली बुढा जस्ती राष्ट्रिय ख्याती प्राप्त खेलाडी को साथ पाएको मुगु बाम गाउँ को टिम लाई मुगु गमगढी टिम संग खेलाउने सोच आयो, असल छिमेकी मुगु का कार्यक्रम संयोजक द्रोण जिसी संग र महाकाली नमुना उच्च माध्यामिक बिद्यालय संग पटक पटक कुरा चल्यो्र इतिहास को छाया बर्तमान हो, त्यसै बाट मान्छे चलायमान भैरहेको हुन्छ्र गमगढी टिम जसरि पनि जित्न चाहन्छ, खेलेर होस् वा धम्काएर्र यहि छबी जताततै छरियको अवस्था लाई केलायर द्रोण सर ले आफ्नो टिम लाई गमगढी ल्याउन नसक्ने अवस्था दर्शाय्र
तर अर्को तिर गमगढी टिम जसलाई महाकाली नमुना उच्च मा।बि।ले प्रतिनिधित्व गरिरहेको थियो, उनीहरुको तयारी तिब्र अवस्थामा थियो्र बाम को टिम नआउने भयपछी अब के गर्ने, हामी ताल रहेनौ, नदि भएर बगिसकेका थियौ पुनः ताल मा फर्किन असम्भव थियो्र हाम्रो एकमात्र गन्तब्य समुन्द्र थियो जहाबाट हामी आरामको सास फेर्न सक्थ्यौ्र फलस्वरुप गमगढी मा पहिलो पटक बिद्यालय स्तरीय महिला फुटबल आयोजना गर्ने निर्णय गरियो, जसमा निमित्त जिल्ला विकास अधिकारी लक्ष्मी प्रसाद उपाध्याय ले राम्रो साथ दिनु भयको थियो्र वहाको सकारात्मक साथ हाम्रो लागि उर्जा थियो्र एकातिर तयारी तिब्र थियो अर्को तिर तत्कालिन मुख्य जिल्ला अधिकारी बलभद्र गिरि ले जिल्ला विकास समिति मा भयको सम्मेलनमा मा मुख्य सचिब लिलामणि पोख्रेल को चिठी पढ्दै त्यहि अनुसार अगाडी बढ्न, फुटबल आयोजना रोक्न निर्देशन दिनुभो्र
मन ऐना फुटेझैँ भो, के गरौ के नगरौ केहि सोच्न सकिन त्यसको अर्को दिन पुन जिविस मा मिटिंग बस्यो, मन डर र निराशा ले भरिपुर्ण भयपनी ठुलो साहस जम्मा गरि भनेस्
“सर, वनजंगल तिब्र गतिमा नासिरहेको छ, जलबायु परिवर्तन को असर दिनानुदिन बढ्दो छ, कृषि क्षेत्र धरासायी बन्दै छ्र बिश्व मानचित्र मा जलबायु परिवर्तन को असर को हिसाब ले नेपाल चौथो जोखिमपूर्ण देश मा पर्दछ्र पूर्व भन्दा पश्चिम अनि तराई भन्दा हिमाल मा यसको असर बढी छ्र फलस्वरुप यसले मुगु जस्तो जैविक बिबिधता भएको, कृषि मा निर्भर रहेको क्षेत्र लाई बिशेस असर पार्ने देखिन्छ्र मुगु लाई नखाको बिष लागिरहेको छ्र त्यसैले एसबारे ब्यापक जनचेतना जगाउन आवश्यक देखिन्छ्र फुटबल सबै को रुची को खेल भयको हुदा यसमा धेरै को चासो बढ्ने पक्का छ्र यो सन्देस गाउँ गाउँ मा पुर्याउन सबै भन्दा उत्तम उपाय फुटबल आयोजना देखिन्छ साथै यसले युवा केटीहरुको क्षमता विकास गर्ने भयको हुदा यो आयोजना गर्न हामी इच्छुक भएका हौ्र त्यसैले संदेश फैलाउने उद्देश्य ले गर्न थालियको यो आयोजना लाई सम्पन्न गर्न सहयोग गरिदिनुपर्यो्र”
वहाले सिधा अनुहार पनि नहेरी राजनीतिक दल का प्रतिनिधितिर भन्नुभो यो भाई लाई हिजो देखि भन्दैछु कोई सम्झाउ न यसलाई्र राजनीतिज्ञ हरुले पनि फुटबल प्रतियोगिता रद्ध गर्न सुझाए्र
कस्तो समाज केहि गरौ भन्दा पनि नहुने, वहाहरुलाई तपाईहरु जिम्मा लिनुस भनेको त होईन, मात्र सम्पन्न गर्न दिनुस पो भनेको थिए्र अन्तत सामान्य सरसफाई कार्यक्रम गरेर जून(५ मनाउने निर्णय सहित मिटिंग सकियो्र
मन मा रिस पनि उठिरहेको थियो, लाज पनि लागिरहेको थियोसअब के गर्ने।।।।।्र म त नदि भैसकेको थिय, मेरो गन्तब्य त मात्र समुन्द्र थियो्र तर यहाँ मुख्य जिल्ला अधिकारी पहाड भयर उभिए अनि मलाई पुनः ताल बनाउन खोजे्र मलाई थाहा थिएन कृतिम ताल कहिले कसरि फुट्छ्र एबोला भाईरस को संक्रमण अफ्रिकी देशहरुमा फैलीयझैँ फुटबल प्रतियोगिता नहुने खबर गमगढी भरि फैलियो्र
म कोठा भन्दा बाहिर जान सकिरहेको थियन्र एकाबिहानै खबर आयो हिजो केटीहरु जिल्ला प्रशासन कार्यालय को प्रांगण मा हामिले फुटबल खेल्न पाउनुपर्छ भन्दै नारा लागाए्र अनि त के खोज्छस् काना आखो भनेझै स्कुल स्तरीय फुटबल प्रतियोगिता हुने औपचारिक निर्णय भयो्र
बेलुका को खाना खाइ ओछ्यानमा पल्टिए, खुसि ले होकी किन हो निदाउन नै सकिरहेको थियन्र त्यतिकैमा दिमाग मा अर्को सोच आयोस देश विकास हुन्छ भनेपनि सरकारले हुदैन भनेपनि सरकारले्र सरकारी स्थर बाट जब सम्म कार्य अगाडी बढाईदैन देश को विकास असम्भव छ्र हामी एक दिनको पाहुना न हौ, आज यहाँ भोलि कहाँ कहाँ, मुगुको खेलकुद विकास को लागि हामी होईन खेलकुद विकास समिति नै अगाडी बढ्नुपर्छ्र अर्कोदिन खेबिस मुगु कार्यालय गए, खेबिस उपाध्यक्ष जिल्ला सिंह भाम संग कुरा साटे, वहा सकारात्मक हुनुभो र भन्नुभो तपाई आउनुभो धेरै धेरै धन्यवाद, के गर्ने हामी एक्लैले गर्न सक्ने स्थिति छैन गैरसरकारी संस्था आजसम्म कोई आएका होईनन््र
मैले भने तपाई आयोजक बनिदिनुपर्यो हामी सहयोगी बन्छौ्र हो मा हो थप्दै म बाहिरिए्र मन चंगा भैरहेको थियो, कतै उड्न मन लाइरहेको थियो्र बाटो मा हिडे उड्दै उड्दै्र
चन्दननाथ होटेलमा कफी खादै म, गुगल जि र खेबिस कोषाध्यक्ष सुकुमा शाही बिच बिस्तृत कार्ययोजना तयार भो, फलस्वरुप जून(५ मा चित्रकला प्रदर्शनी र जलबायु परिवर्तन सचेतना सम्बन्धि सडक नाटक प्रदर्शन गर्ने अनि जून(७ बाट फुटबल सुरु गर्ने्र अन्ततः मुख्य जिल्ला अधिकारी को उदघाटन, अधिकांस कार्यालय प्रमुख, राजनीतिक दलका प्रतिनिधि र उल्लेख्य जनसहभागितामा आयोजना सुरु भो्र
बिच जंगलमा बाटो छुट्टियो
मैले अलि बेचल्तिको बाटो रोजे
सारा फरक त्यसैले पारिदियो्र
रबर्ट फ्रस्ट ले माथि भनेझै म फरक बाटोमा गैसकेको थिए समस्या आउने क्रम जारी थियो्र प्रतियोगिता को दोस्रो दिनस सुनकली बुढा को ७० औ मिनेटमा आकर्षण गोल संगै रारा डाइनामिक बोर्डिंग स्कुल ले महाकाली नमुना उच्च
माध्यामिक बिद्यालय(बि बिरुद्ध १ गोल को अग्रता लिन सफल भयो्र खेल सकिन मात्र १५ मीनेट बाकी थियो, अनयासै एक जना अपरिचित व्यक्ति ले लाठी प्रहार गर्दै पिटेको देखे्र त्यो लाठी मेरो स्वयम्सेवक कर्मचारी को तिघ्रा मा पर्यो तर पनि यो मन ले केहि गर्ने सकेन, नतमस्तक भयर फिल्म हेरेझै हेरिरहे्र के गरु कसो गरु केहि सोच्न सकिन हेर्दाहेर्दै खेल मैदान त युद्ध मैदान जस्तो पो भयो्र
जित्न को लागि खेल्नु र नहार्नको लागि खेल्नु मा बिशाल अन्तर छ्र यहाँ कसैलाई हार्नुछैन्र जित को आधार तयार गर्न मेहनत गर्नु पर्छ भन्ने चेतना भएको भए सायद खेल मैदान युद्ध मैदान बन्नेथीएन होला्र
जेम्स एलेन ले भनेका छन्स् मान्छेको दिमाग बगैचा जस्तै हो्र यसमा हामिले असल विउ रोप्यौ भने बगैचा हराभरा र सुन्दर बन्छ्र हामी आफुले केहि रोपेनौ भने पनि त्यहा केहि न केहि त उम्रिन्छ्र त्यो केवल झारपातमात्रै हुनेछ्र यो त प्रकृतिको नियम नै हो्र
टोनी ब्लाएर इंग्ल्यान्ड का प्रधानमन्त्री हुदा पत्रकार ले सोधेका थिए तपाइको आगामी योजना के छरु ओहाको उत्तर थियो शिक्षा शिक्षा शिक्षा्र इंग्ल्यान्ड जस्तो बिकसित राष्ट्र मा त शिक्षा को कमि छ भने हाम्रो जस्तो अविकसित देश को ७३ औ जिल्ला मुगु मा यसको अबस्था के होला्र हो राज्य ले शिक्षा मा बिशेस जोड दिन आबश्यक छ्र समाज लाई पढ्न सिकाउन आबश्यक छ, समाज प्रति उत्तदायी हुन सिकाउनु आवश्यक छ्र नत्र समस्या एक जना ले उत्पन्न गराउछ, असर सबै ले भोग्नु पर्छ्र
जित तपाइको किताबमा शिब खेडा ले लेखेका छन्स् संसारमा “दिने र लिने” गरि दुईप्रकार का मान्छेहरु छन््र लिनेहरु मजाले खान्छन र दिनेहरु गाढा निन्द्रामा ढुक्क संग सुत्छन््र तर यहाँ मेरो जिबनमा ठिक उल्टो भयो, म त दिने व्यक्ति थिए, मलाई लिनु केहि थिएन तर पनि रातभरी सुत्न सकिन्र यो छट्पटाहट तिन दिन सम्म चल्यो्र अचम्म त मलाई तेतिखेर लाग्यो जब यो झगडा लाई राजनीतिक रुप धारण गराइयो्र
म कमजोर हुदैथीए, लाग्न थाल्यो अब सम्भव छैन्र यो बिच मा खेबिस अध्यक्ष लाल बहादुर रावत ले खेल जसरि पनि सकाउनु पर्छ भन्ने ठुलै अडान लिनुभो र क्रियाशील हुनु भो्र सरकारी निकाय को महत्व त्यो दिन पो बुझे, मनमनै भगवान लाई धन्यवाद दिएस सरकारी कार्यालय संग सहकार्य गर्ने बुद्दी दिएकोमा्र ठुलो संघर्ष पश्चात अन्ततः खेल पुनः संचालन हुने नै भयो्र
मलाई थाहा थियो बाकी खेल सम्पन्न गर्न सजिलो छैन, कडा सुरक्षा र ठुलै योजना चाहिने छ्र मलाई नबिन भाई ले राम्रो साथ दिए र आफ्नो नेतृत्वमा १४ जना गमगढी हल्लाउने युवा लाई स्वयंम्सेवक को रुपमा खटाउने कुरा गरे्र अनि त दुवै हात मा लड्डु भैहाल्यो न्रि पहिलो घेरामा १४ जना स्वयंम्सेवक भाईहरु दोस्रो घेरामा प्रहरी प्रसासन अनि तेस्रो मा आम दर्सकदिर्घा्र
कसैले नसोचेको क्षेण भयो त्यो अन्तिम खेल मा्र मनोज भाई को कमेन्टेटर९टिप्पणी०, खेल को रौनकता, दर्शक को उपस्थिति, फुटबल मय वातावरण अनि सम्पूर्ण बरिष्ट व्यक्तित्व हरुको उपस्थित्रि लाग्थ्यो बिश्व कप फुटबल आयोजना मुगु ले गरिरहेको छ्र
अन्ततः अति रोमान्चक खेलमा महाकाली नमुना उच्च माध्यामिक बिद्यालय(ए ले रारा डाइनामिक बोर्डिंग स्कुल लाई पेनाल्टी सुटआउट मा ५(४ ले जित्दै उपाधि माथि कब्जा जमायो्र
हामिले सोचेका थिएनौ सम्पूर्ण मुगु खेल मैदान मा उपस्थिति होला भनेर, जिल्लाका सम्पूर्ण विशिष्ट व्यक्तिहरुको उपस्थिति मा पुरस्कार वितरण कार्य सम्पन्न भयो्र जित्ने हार्ने सबै टिम लाई पुरस्कार वितरण गरेका थियौ्र बिद्यार्थी टिमहरु नारा जुलुस गर्दै बजार परिक्रमा गर्न थाले्र जर्मनी ले बिश्व कप फुटबल २०१४ जित्दा भन्दा कम् थिएन यहाँ को रौनक्र धेरै साथीहरुले बधाईदिनुभो र भन्नुभो धेरै राम्रो गर्नु भो आउदा दिन मा फेरी यस्ता कार्य हुन् भन्ने अपेक्क्षा राख्दछौ्र त्यो दिन बल्ल गहिरो निन्द्रा मा सुत्न सके्र
हाम्रो महान जिम्मेबारी भनेकै आउदा दिनमा यस्ता कार्यहरु गर्न सकिन्छ र गर्दैजानुपर्छ भन्ने थियो, जुन कार्यमा थोरै भएपनी सफल भयजस्तो अनुभव गर्न सक्यौ जस्तो लाग्छ्र लक्ष्य मा पुग्न सजिलो हुदैन, अत्तालियको मनलाई सम्हाल्दै जाऊ्र
1 comments
बिचार लेख्नुहोस्..
December 16, 2014 at 6:13 AM
Kura Sahi ho,, ekdam ramro chha sir