पत्रकार महासंघको समिक्षा कार्यक्रम सम्पन्न



मुगु न्यज डट कम--------------
मंसिर २८ मुगु-------------
 नेपाल पत्रकार महासंघ कर्णाली अञ्चल क्षेत्रीय समन्वय समितिको आयोजना र नेपाल पत्रकार महासंघ मुगु शाखाको संयोजनमा सम्पन्न भएको रारा सञ्चार सम्मेलन २०७१ को शनिवार समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
मंसिर २५ र २६ गते रारामा १३ बुँदे घोषणा जारी गर्दै सम्पन्न भएको सम्मेलनमा भए गरेका गतिविधीको समिक्षा गरिएको थियो । महासंघ मुगु शाखाका अध्यक्ष सुमन मल्लको अध्यक्षतामा बसेको समिक्षा बैठकमा उपस्थित समनन्वय समितिका संयोजक एवं बैठकका प्रमुख अतिथी नवराज महताराले सम्मेलन सोचे भन्दा अझै राम्रो भएको र त्यसका लागि मुगु जिल्लाका पत्रकार ,महासंघको शाखाले गरेको कुशल व्यवस्थापनलाई धन्यवाद समेत दिए । बैठकले सम्मेलनमा सहयोग गर्ने जिल्लाका सरकारी तथा गैर सरकारी निकाय, राजनीतिक दल , होटेल व्यवसायी , उद्योगी ,व्यापारी ,सुरक्षाकर्मी , सञ्चार मन्त्रालय,सुचना विभाग, पे्रस काउन्सील ,महासंघको केन्द्रीय समिति , जिल्लाका सम्पुर्ण पत्रकारहरु र कर्णालीका पाँच वटै शाखालाई धन्यवाद ज्ञापन गर्ने निर्णय समेत गरेको छ ।

, , ,

0 comments

बिचार लेख्नुहोस्..