युवाहरु बिदेशिन थालेपछि गाँउनै सुनसान




जीबन सेजुवाल----------------
मुगु न्युज डटकम----
मुगुः  बाबु बाजे देखि कमाईका लागी भारतका बिभिन्न क्षेत्रमा जाने अधिकासं युवा हरु राम्रो कमाई हुने आसाले  भारत लाई छाडि खाडि मुलुकका देश हरुमा जान थाले पछि गाँउनै सुसान हुनथालेका छन ।

सदरमुकाम गमगढी नजिकको कार्किबाडा गाबिस वडा नम्बर ९ माथि तुमामा अहिले कोहि मर्दापर्दा वा बिरामि पर्दा बोकर अस्पताल लैजाने युवा समेत छैनन यो गाँउका १६ जना युवा खाडि मुलुकका बिभिन्न देश हरुमा हिडे पछि गाँउनै सुसान बनेको हो ।

युवा बिदेशिने यो गाबिसको यो गाँउ एक नमुना मात्र भए पनि जिल्लाका २४ गाबिस झण्डै १ हजार युवा खाडि मुलुकमा गएका छन । जिल्ला प्रशासन कार्यालय मुगुको राहादानि फाँटको तथ्याङ्क अनुसार जिल्ला भरका १३ सय ९६ जनाले हस्तलिखित र एमआरपि पासपोर्ट लगेका छन ।

अहिले सबै भन्दा बढी कमाईका लागी खाडिमुलुकमा जाने कार्किबबाडा गाबिसका युवा रहेका छन यो गाबिस बाट १ सय भन्दा बढी युवा कमाईका लागी बिदेशिएका छन भने अरु गाबिसमा पनि ३० देखि ५० सम्माको संख्यामा युवा हरु बिदेशिएका छन  देशमा बेरोजगार भएर गाँउमा बस्नु भन्दा कमाईका लागी बिदेशिनु बाध्यता रहेको आफु मार्फतनै खाडिमुलुकका केहि राम्रा कम्पनिमा पठाउने गरेको र आफुमार्पmत मात्र १ सय ५० जना भन्दा बढी युवा हरु  मलसिया दुबै कतामा गएको नासा हुयुमन रिसर्ज कम्पनिका एजेन्ट देबि सिहं सावतले बताए ।

अहिले जिल्ला प्रशासन कार्यालयमा मात्र एमआरपि राहदानिका लागी आबेदन दिन मासिक ४५ जना भन्दा बढी युवा आउने गरेका छन । भने  हस्तलिखित राहदानि लिएका हरुपनि एमआरपि बनाउनका लागी त्यतिकै आउने गरेको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिलला अधिकारी लक्ष्मि प्रशाद भट्टराईले बताए ।

पढेका सर्टिपिकेट हरुले कतै जागरि नपाएको र केहि ब्यपार ब्यबसाय गरौ भनै आफु संग आर्थिक नभएकाले बाध्यता भएर बिदेशिनु परेको आफु पनि केहि दिनमानै मलसिया जाने तरखरमा रहेको कार्किबाडा गाबिस वडा नम्बर ९ का मिन रावलले बताएका छन ।

बेरोजगारकै कारण युवा हरु दिनानुदिन बिदेशिन थाले पछि अहिले गाँउ घरमा   कोहि मर्दा पनि घाटमा लिने युवानै  छैनन । कुनै बेला अन्नबालि भित्राए पछि कार्तिक मंसिर पुस तिर घर परिवार लाई लुगा प,ाटो जोहो गर्नका लागी  दुई तिन महिना भारत तिर जाने  गई खेति पाति गर्ने समयमा घर फर्कने युवा हरु अहिले बिदेशिन थाले पछि घरमा हलो जोत्ने सम्मा  लोग्ने मान्छे नहुदा कसैले भिर पाखोको जग्गा बाँजो राख्नु पर्ने बाध्यात रहेको तुमा गाँउका चक्र रावल बताउछन




, , ,

0 comments

बिचार लेख्नुहोस्..