रारामा तीन दिने सञ्चार सम्मेलन हुने



मुगुःन्युज डट कम-----
  मंसिर २४ -------
 गते देखि २६ गतेसम्म रारामा रारा सञ्चार सम्मेलन आयोजना हुने भएको छ  ।
 बुधवार नपाल प्रेस काउन्सीलको बोर्ड बैठकले नेपाल पत्रकार महासंघ मुगु शाखा र महासंघको कर्णाली अञ्चल क्षेत्रीय समन्वय समितिको आयोजनामा आउदो मंसिर २४ गते देखि २६ गतेसम्म रारा मिडिया समिट २०७१ आयोजना गर्ने निर्णय गरे पछि मंगलबार मुगु शाखाको बैठकले त्यसलाई सफल बनाउन विभिन्न उपसमिती समेत गठन गरेको छ ।
 तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा कर्णाली अञ्चलका पाँच वटै जिल्लाबाट क्रियाशी सञ्चार कर्मी , नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष सहित विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी गरेर पचास जना बढि सहभागि हुने छन भने सम्मेलनको उदघाटन सञ्चार मन्त्री मिनेन्द्र रिजाले गर्ने तयारी भएको महासंघ मुगु शाखाले जनाएको छ । सम्मेलन सफल बनाउन शाखा अध्यक्ष सुमन मल्लको संयोजकत्वमा १४ सदस्यीय सम्मेलन मुल आयोजक समिति र सात सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।
 दुई दिनसम्म सहभागि पत्रकारहरुलाई पर्यटन पत्रकारिता, विकास पत्रकारिता र जलवायु परिवर्तन अनुकुलनमा सञ्चार माध्यमको भुमिकाको विषयमा छलफल हुने छ भने अन्तिम दिन कर्णालीको समग्र पत्रकारिताको अवस्था बारे कार्य पत्र प्रस्तु गरिने रारा सञ्चार घोषणा पत्र समेत जारी गरिने छ ।

, ,

0 comments

बिचार लेख्नुहोस्..