खुलालु हिल्सा सडक खण्ड जोड्न पक्की पुलको सिलान्यास


मनिराज पाण्डे------------
 पौष २८ कालिकोट--------------
 खुलालु–हिल्सा सडक खण्डलाई राजमार्ग संग जोड्न कर्णाली नदीमा पक्कीपुल निर्माणका लागि सोमबार सिलान्यास भएको छ ।
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधिले पक्कीपुल निर्माणका लागि शिलान्यास गर्नु भएको हो ।
भर्ताको कालेखोला देखि लालुको खुलालु जोड्ने उक्त पुलको शिलान्यास कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोख्रेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, कर्णाली अञ्चलबाट निर्वाचित संविधान सभा सदस्य सहित २१ जनाको टोली नेपाली सेनाको हेलिकप्टरमा कालिकोटको खुलालु आएको हो ।
पुलको निर्माण कार्य एक बर्ष भित्र सम्पन्न हुने मन्त्री निधिले बताए । १२ करोड २८ लाख ८४ हजार २ सय ८५ रुपैयाको लागतमा निर्माण हुन लागेको पुल ७४ दशमलव ८८ मिटर लामो हुने छ ।
पुल निर्माणको जिम्मा कन्काई नेपाल प्रगतिजेवि काठ्माण्डौले लिएको छ । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्रि निधिले कर्नालीको मुल द्धारको रुपमा रहेको खुलालु–हिल्सा सडक खण्डमा उक्त पुलको सिलान्यास गर्ने अवसर मिलेकोमा खुसी ब्यक्त गरे ।
कर्णालीको समग्र विकासको लागि आफु र आफ्नो मन्त्रलयबाट हुन सक्ने सहयोग निरन्तर गरिरहने मन्त्री निधिले बताए ।
कर्णालीका सम्पदाको प्रयोग गर्न सके कर्णाली नेपालकै समृद्ध क्षेत्र बन्न सक्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गोविन्द्र पोख्रेलले बताए । तिला र कर्नालीको हाइडोपावर निकाल्न सकेमात्र कालिकोटमा आर्थिक श्रोत बृद्धिहुने पोख्रेलले भनाई छ ।
पुल निर्माण पछि कालिकोटका १७ वटा गाविस र बाजुरा, हुम्ला, मुगुका अधिकांस ठाउँहरुमा एकै साथ सडक विस्तार हुने यहाँका सबिधान सभा सदस्य सभासद महेन्द्र शाही (प्रजोलले) बताए ।
खुलालु हिल्सा खण्ड निर्माण कार्य समयमै सम्पन्न गर्न नेपाली सेनालाई जिम्मा दिईएको छ ।

, , ,

0 comments

बिचार लेख्नुहोस्..