गाउँ परिषद गाबिसम नभएपछि

मुगु न्यजडटकम............
रारा गाउ विकास समितिको सातौं गाउ परिषदमा कर्मचारीलाई नियन्त्रणमा लिएर केही युवाले आफु खुसीका योजना समेट्दै परिषद सम्पन्न गरेको भन्दै स्थानीयवासीहरु नारा जुलुश सहित आईतवार सदरमुकाम आई पुगेका छन ।
 पुर्व निर्धारित समय अनुसार पौष २७ देखि २९ गतेसम्म गाविसको सातौ गाउँ परिषद सम्पन्न गर्ने भने अनुसार २७ गते गाविस भरिका स्थानीयवासी , वडा नागरिक मञ्च, आमा समुह , विषयगत कार्यालयका प्रतिनीधी सहित सरोकारवाला निकायका प्रतिनीधी सहभागि भए पनि रारा गाविस वडा नम्बर १ गिलाहका धर्मबहादुर शाहीको नेतृत्वमा गएको केही युवाको समुहले होहल्ला गरे पछि परिषदमा सहभागि हुन पुगेका गाविस वासीहरु परिषद स्थलबाट हिडेका र शाहीको समुहले गाविसका कर्मचारीसंग रहेको कागजात नियन्त्रणमा लिएर परिषद सम्पन्न गरेको हो ।
साँझ ६ बजे काखे बालबालिका सहित आई पुगेका रारा गाविसका स्थानीय महिला पुरुषहरुले गाविसको सम्पर्क कार्यालय रहेको सदरमुकाम गमगढी स्थित सोही गाविसका प्राविधिक सहायक जनक बुढाको घरमा धर्ना दिएका छन । परिषदको उद्घाटनमा नै हो हल्ला गरे पछि स्थानीयवासीले परिषद स्थल छोडेका र गाविस सचिव पदम भण्डारीलाई कुट्न खोज्दा सचिव चुप लागे पछि आफुसंग रहेको कागज पत्र शाहीले खोसेर लगेको प्राविधिक सहायक जनक बुढाले बताए । कागज पत्र खोसेर लगे पछि वडा नागरिक मञ्च, लक्ष्यीत वर्ग, आमा समुह तथा गाविसको एकिकृत योजना तर्जुमा गोष्ठीले बनाएका योजना भन्दा बाहेक गाविसका ९ वटै वडामा आर्थिक वर्ष ०७२ ।०७३ का लागि प्रस्तावित गरिएको २२ लाख रकम दामासाहीका दरले भागबण्डा गर्ने निर्णय एकलौटी रुपमा गरेको प्राविधिक सहायक बुढाले बताए ।
 गाउँ गाउँमा वडा नागरिक मञ्चका , आमा समुह महिला तथा समुदायले कुन कुन योजना सञ्चालन गर्ने भन्ने विषयमा पहिले नै समुदायमा छलफल गरेर छनौट गरेका थियौ तर सदरमुकाममा बस्ने गाउँका योजना सदरमुकाममा बनाएर स्थानीयको विकासको रकम खानेले सचिवसंग मिलेर सुटुक्क परिषद सम्पन्न गरे पछि बालबच्चा बोकेर न्याय माग्न सदरमुकाम आएका छौ रारा गाविस वडा नम्बर ३ कि रिठु रोकायाले बताईन । स्थानीयवासीले सोमबार परिषद पुन हुनु पर्ने , दोषीलाई कारवाही गरिनु पर्ने तथा अहिलेका गाविस सचिवलाई हटाएर अर्को गाविस सचिव पठाउनु पर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने बताएका छन । गाविसबाट नारा जुलुस सहित ६० जना भन्दा बढि महिला पुरुष सदरमुकाम पुगेका छन । रारा गाविसको परिषदको विषयमा आफुलाई अहिलेसम्म कुनै जानकारी नआएको र त्यस्तो भएको भए आवश्यक विकल्प सहित प्रक्रिया अघि बढाईने जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए ।

0 comments

बिचार लेख्नुहोस्..