बाल विवाह घटाउन सशक्तिकरण आवश्यक्ता


मुगु न्युज डट कम----
फागुन १६ (रोवा) मुगु  -----
 जिल्लामा बढ्दो बाल विवाहको क्रमलाई रोक्न विद्यालय स्तरबाट नै सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको विषयलाई जोड दिन थालिएको छ ।
 रेष्टलेस डेभ्लपमेण्टको आर्थिक सहयोग, किर्डाक नेपाल मुगुको सहजिकरण र जिल्ला शिक्षा कार्यालयको समन्वयमा जिल्लाका पिना,श्रीनगर र रोवा गाविसका १३ वटा विद्यालयमा किशोरी सशक्तिकरण परियोजना परिक्षणका रुपमा सञ्चालन गर्दा प्रभावकारी देखिएको किर्डाक नेपालले जनाएको छ । १३  वटा विद्यालयमा गरिएको अनुगमन पछि किशोरीहरु प्रजनन स्वास्थ्य, बाल विवाह तथा बाल अधिकारका विषयमा खुलेर बोल्न सक्ने भएको देखिएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक ललितजंग मल्लले बताए । विद्यालयमा गठन गरिएका बाल क्लबहरुमा किशोरको भन्दा किशोरीको सहभागिता र क्रियाशीलता बढि देखिएको मल्लले बताए ।
 गैर सरकारी संस्थाले कसैको आर्थिक सहयोग पाए मात्र छ महिना वर्ष दिन कार्यक्रम गर्छन , आर्थिक सहयोग नपाए गर्दैनन , सरकारी निकायले त्यस्ता कार्यक्रमलाई निरन्तर दिदा अझै प्रभावकारी हुने मल्लको बुझाई छ ।  अघिल्लो वर्ष प्रभात उच्च माध्यामिक ैविद्यालय रोवामा कक्षा दशमा दश जना,नौ कक्षामा पाँच र आठमा एक गरि सोह्र जना किशोरीले विवाह गरेका र बाल क्लब गठन गरि तालीम ,अन्तरक्रिया सञ्चालन निरन्तर चल्दा यो वर्ष कक्षा दशमा २ जना र नौ कक्षामा एक जना किशोरीले विवाह गरेको विद्यालयका प्रधानाध्यापक मैनादल बुढाले बताए ।
विद्यालयमा उमेर नपुग्दै विवाह गर्ने किशोर किशोरीको संख्या घटेको देखिए पनि गाउँमा र समुदायमा बाल विवाह घटन नसकेको देखिएको छ । बाल क्लबका साथीहरु गाउँमा जान्छौ , विद्यालयमा सिकेका कुराहरु विद्यालय नजाने साथीलाई , अभिभावकलाई सम्झाउन खोज्छौ तर मान्दैनन अलि समस्या छ , मावि रोबाका कक्षा ९ मा पढ्ने सुजिता बुढाले भनिन । हामी त विद्यालयमा बाल विवाह र त्यसले हामी माथी पर्ने प्रजनन स्वास्थ्यका विषयमा शिक्षक , विद्यार्थी साथीहरुसंग खुलेर कुरा गर्छौ तर गाउँमा त्यस्ता कुरा गर्न खोज्दा लाज मान्छन उनले भनिन । पहिला पहिला त साथीहरु महिनावारी हुँदा विद्यालय आउदैन थिए । विद्यालय आए केटा साथीहरुले जिस्काउने , आफै पनि कसैले महिनावारी भएको थाहा पाउछन कि भन्ने हुनथ्यो अहिले त्यस्तो समस्या नै छैन अर्कि छात्रा तारा सावतले भनिन । एकाध गाउँघर र समुदायमा , सदरमुकाम आसपासमा बाल विवाह, महिनाबारी हुँदाका समस्या कमै भए पनि सदरमुकाम बाहिरा समस्या जटिल रहेको बेला बेला सदरमुकाममा छलफल हुन्छ तर समाधान गर्न कोही नलाग्ने नागरिक समाजका अध्यक्ष ज्ञानेन्द्र शाहीले बताए ।

, ,

1 comments

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

बिचार लेख्नुहोस्..