कोरियाबाट फर्केकालाई स्वदेशमै रोजगार !
३ चैत, काठमाण्डौं । कोरियाबाट रोजगारी गरेर फर्केका कामदारलाई नेपालमा रहेका कोरियाली कम्पनीहरुमा काम दिलाउन पहल गरिने भएको छ । नेपालस्थित रोजगार अनुमति प्रणाली (इपीएस) कोरिया शाखाले यसको पहल थालेको हो । सुरुमा उसले नेपालमा के कति कोरियाली कम्पनी कार्यरत छन् र फर्केका कामदारहरु को कहाँ छन् लागत संकलन गर्नेछ ।
ईपीएस केन्द्र नेपालका निर्देशक ली दोङ सर्कले फर्केर आएका कामदारहरुबीच एउटा सञ्जाल (नेटवर्किङ) बनाइसकेको उल्लेख गर्दै कम्पनीहरुसँग पनि भेटघाट राख्न लागेको बताए । ‘नेपालमा काम गर्ने कोरियाली कम्पनी अत्यन्त कम छन्, जे जति छन् आउँदो हप्ता भेटघाट राखेका छौं,’ उनले । कोरियाको रोजगार प्रणाली विविध पक्षबारे जानकारी दिन शुक्रबार साँझ राजधानीमा आयोजित पत्रकार भेटघाटमा लीले फर्केर आएका कमदारलाई यसले राम्रो अवसर दिने बताएको खबर कान्तिपुर दैनिकमा खबर छ ।
भाषा परीक्षा परिवर्तन
कोरियाको रोजगारीका लागि उत्तीर्ण गर्नुपर्ने भाषा परीक्षा ‘ईपीएस टपिट’ को स्वरुप यस वर्षदेखि परिवर्तन भएको छ । ईपीएस शाखाका अनुसार अब ‘कोरिया भाषको स्तरीय पाठ्य सामग्री’ बाट प्रश्नहरु समावेश हुने छन् । यस अघि ‘खुल्ला प्रश्न संगालो’बाट १० देखि ५० प्रतिशतसम्म सोध्ने भनिए पनि सबै त्यहीबाट आउने गरेका थिए । पहिलाजस्तो अब घोकेर र अन्दाजका भरमा चिन्ह लगाएर उत्तीर्ण हुने सम्भावना नभएको ईपीएस शाखाका अधिकारीको भनाई छ । नयाँ पाठ्य सामग्री ईपीएस कार्यालय नेपालको वेबसाइटसहित कोरियाली ४ वटा वेबसाइटमा निःशुल्क डाउनलोड गर्न सकिने पनि शाखाले जनाएको छ ।
0 comments
बिचार लेख्नुहोस्..