नेपालगञ्जमा पराई भए गरिमा र गोविन्द
नेपालगञ्ज निवासी नायक तथा निर्माता गोविन्द शाही, नायिका गरिमा पन्त सञ्चार महोत्सवमा सहभागी हुन नेपालगञ्ज आइपुगेका छन । नेपालगञ्ज आएका शाही र पन्तले आफुद्घारा अभिनित चलचित्र ‘पराई’ को पनि प्रचारप्रसार गरेका छन् । निर्माता शाहीले ‘पराई’ सिनेमावाट निकै आशावादी रहेको वताउँदै पश्चिमाञ्चलवासीले राम्रो साथ दिएकै कारण आफु एउटा उचाइमा पुगेको वतए ।
नायिका पन्तले ‘पराई’ कुनै पृथक सिनेमा नभएर नेपाली समाजमा हुने गरेका यथार्थ घटनाहरुलाई बुनेर तयार भएको वताइन । पहिलो पटक नेपालगञ्ज आएकी पन्तले पछिल्लो समयमा दर्शकहरु नेपाली चलचित्र भल्गर हुन्छ भनेर हलसम्म जान डराएकै कारण सिनेमाहरु असफल भएको बताइन् ।
आफुले अभिनय गरेको डेढ दर्जन बढी फिल्ममा भल्गर नभएको वताउदै उनले ढुक्क भएर ‘पराई’ हेर्न जान दर्शकलाई आग्रह पनि गरिन् । गोविन्द शाही, कुन्ती शाही, दिपक शाहीको निर्माणमा तयार भएको ‘पराई’ लाई शिव रेग्मीले निर्देशन गरेका हुन् ।
साउनको दोश्रो साताबाट प्रदर्शनमा आउने भनिएको यो सिनेमामा वसन्त सापकोटाको संगीत, शम्भु सापकाटाको छायांकन छ । चलचित्रमा राजवल्लभ कोइराला, गोविन्द शाही, गरिमा पन्त, निरज बराल, नन्दिता केसी, रेजिना उप्रती लगाएतको प्रमुख भुमिका छ ।
संचार महोत्सवमा गोविन्द र गरिमाले नृत्य प्रस्तुत गर्नेछन् ।
0 comments
बिचार लेख्नुहोस्..