नयाँ गृहमन्त्रीले पाँच डनको सम्पत्ति छानबिन अघि बढाए


३ चैत, काठमाण्डौं । गृह मन्त्रालयबाट बिजयकुमार गच्छदारको बिदाई र माधवप्रसाद घिमिरेको आगमनसँगै गच्छदारकको संरक्षणमा अनुसन्धान प्रकृया रोकिएका पाँच जना डनहरुको सम्पत्ति छानविन अगाडी बढाइएको छ
उनीहरुको सम्पत्ति अनुसन्धान प्रतिवेदन शुक्रबार सम्पत्ति सुद्धीकरण विभागमा पुगेको छ । गणेश लामा, पर्शुराम बस्नेत, दीपक मनाङे, चक्रे मिलन र अभिषेक गिरीको अनुसन्धानको फाइल नेपाल प्रहरीले शुक्रबार विभाग पठाउको हो ।
स्रोतका अनुसार अनुन्धानबाट यी सबैको नाममा देखिएका करोडौं सम्पत्तिको स्रोत खुल्न नसकेको विवरण प्रहरीको केन्द्रीय अनुसन्धान व्यरोले औपचारिक रुपमा विभागलाई बुझाएको हो ।
राजनीतिक दबाबका कारण रोकिएको फाइल सरकार परिवर्तन भएको दोस्रो दिन नै विभाग पुगेको छ । स्रोतका अनुसार गृहमन्त्री माधवप्रसाद घिमिरेले शुक्रबार प्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई अनुसन्धान सकिएको फाइल तत्काल विभागमा पठाएर कानुनी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि तत्कालै प्रहरीले फाइल पठाएको खबर नागरिकलगायतका विभिन्न दैनिक पत्रिकामा खबर छ ।
प्रहरीले दुई बर्ष अगाडीबाट सुरु गरेको अनुसन्धान प्रक्रिया करिब पाँच महिनाअघि सकिएको थियो । तर, अनुसन्धान दायरामा रहेकाहरुको उच्च राजनीतिक दवावका कारण विभागले तत्काल अनुसन्धान प्रतिवेदन लिन मानेको थिएन् ।
विभागले तोकेको अनुसन्धानले समय सकिएपछि ब्युरोले फाइल माग्नुको साटो म्याद थप्ने प्रयास गरेको थियो । विभागले तोकेको २ सय १५ दिनको म्याद सकिएपछि विभागका अधिकारीले प्रहरीलाई म्याद थप्ने प्रकृया अघि बढाएको हो ।

0 comments

बिचार लेख्नुहोस्..