चुनावको मितिमा ज्योतिषको भर


३ चैत, काठमाण्डौं । प्रमुख राजनीतिक दलहरुबीच ३० फागुनको मध्यरात सबै विषयमा सहमति भयो, असार पहिलो साताभित्र चुनाव गर्ने पनि सहमति भयो, तर अनौठो कारणले चुनावको दिने तोकिएन् ।
सहमति हुने दिन दलका नेताहरु झन्डै १४ घन्टा बैठकमै बसेका थिए । बैठकमा चुनावको मितिबारे सबैका आ आफ्ना तालिका आएका थिए । स्रोतका अनुसार सबै विषयमा सहमति भएपछि चुनावको मिति ४ असारलाई तोक्न सहमति नजिक पुगेका थिए । तर, त्यसका काँग्रेस उपसभापति रामचन्द्र पौडेलले चित्त बुझाएनन् । पौडेलले कुनै षडयन्त्र रचेर होइन, ज्योतिषीको विश्वासमा परेर ४ असारलाई अशुभ मानेका छन् ।
त्यस दिनको बैठकमा सहभागी एक नेताका अनुसार नेता पौडेलले चुनावको मिति आफुले दिने र त्यसैअनुसार तोक्न आग्रह गरेका थिए । उनको आग्रहमा अन्य अरु नेताले मानेर दिन सिफारिस गर्ने जिम्मा पौडेललाई नै दिए, त्यसैले त्यो दिन मिति घोषणा भएन् ।
‘पौडेलले बैठकमा खुलस्त नभनेपनि ज्योतिषीको विश्वासमा उनले ४ असार अशुभ मानेका हुन्,’ एक नेताले भने ‘कुन दिन चुनाव भए आफू प्रधानमन्त्री हुन सकिन्छ भन्नेमा पौडेलको ध्यान छ,’ नयाँ पत्रिका खबर छ । पौडेलले अहिले मात्र हैन यस अघि पनि ज्यातिषको परामर्श लिँदै आएका थिए ।

0 comments

बिचार लेख्नुहोस्..