पढाइ जटीए अनि कामचाँही हकर
३ चैत, हेटौडा । २०६६ सालमा कृषि प्रसारतर्फको जेटीए पढाइ सकेका एक शारीरिक अशक्त युवा आफ्नो पढाइअनुसारको रोजगारी नपाउँदा अखबार बिक्रेता (हकर) बनेका छन् । कृषिप्रधान मुलकुका लागि अति आवश्यक कृषि प्रसारका यी विद्यार्थीले अबरबार घर घर पुर्याएर बेच्न थालेको ११ बर्ष भइसकेको छ ।
३० बर्षअघि मकवानपुरको पालुङ गाविस ५, अंगारेमा जन्मिएका शैलेश ढकाल राम यस क्षेत्रका चिरपरिचित अखबार बिक्रेता हुन् । २०४८ भदौमा अचानक बेहोस हुँदा उनको देब्रे हात र खुट्टाले काम गर्न छाडेको शनिबारको नेपाल समाचारपत्रमा खबर छ ।
क्ाठमाण्डौंमा लामो समय उपचार गराउँदा पनि उनका शरीरका ती दुई अंगले ठीक हालतमा काम गर्न सकेको छैन् । तैपनि उनी दिनहुँ बिहान ३ बजे उठेर अखबर लिन बजार आइपुग्छन् । ‘अरुले कोल्टे फेरेर सुत्नेबेलामा घर घरमै अखबार पुर्याउनु मेरो नियमित कार्य भइसकेको छ,’ उनले भने आफुले पढाई अनुसारको रोजगारी पाउन धेरै प्रयास गर्दा पनि कसैले सुनुवाई नगरेको गुनासो गरे ।
0 comments
बिचार लेख्नुहोस्..