जुम्लामा दोहोरो झडप

सुमन मल्ल, मुगु–
जुम्ला सदरमुकाम खलंगामा आईतवार नेकपा माओवादी र नेविसंघका कार्यकर्ता बीच दोहोरो झडप हुंदा एक जना  घाईते भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
     शनिबार बेलुकी नेकपा माओवादी सर्मथक मनोज बुढाथोकी मगर र नेपाली का“गे्रसको भातृ संगठन नेवि संघ अध्यक्ष घनश्याम थापा वीच झगडा हु“दा थापा घाईते भए पछि विवादले ठुलो रुप लिएको थियो ।
      आईतवार बिहानै देखि बजारमा पटक–पटक दोहोरो झडप हु“दा बजार क्षेत्र दिनभर तनावग्रस्त भएको थियो । आधा दर्जन घर तोडफोड भएका छन् । झडपमा पशु सेवाका कर्मचारी जनक सेजुवाल शक्त घाईते भएका छन्  ।
     माओवादी कार्यकर्ताले सेजुवाललाई रडले टाउकोमा प्रहार गरि गम्भिर घाईते बनाए पछि उपचारका लागि तत्कालै हेलिकप्टरद्धारा नेपालगंञ्ज पठाईएको प्रजिअ हरि प्याकुरेलले बताए ।
       झडपका क्रममा जुम्ला बजारका मानव सेजुवाल,घनश्याम थापा, यमराज कार्की, शंकर कार्की, राज बहादुर खत्रि लगायतका एक दर्जन स्थानीयवासीका घरमा तोडफोड गरि क्षति पु¥याईएको छ ।
      झडप सामान्य रहेको र तोडफोड पनि सामान्य नै रहेको तथा स्थितिलाई बेलुकी ६ बजेपछि सुरक्षाकर्मिले नियन्त्रणमा लिईसकेको प्रजिअ प्याकुरेलको भनाई छ  

0 comments

बिचार लेख्नुहोस्..