फर्जि विद्यार्थीका कारण साझाका किताब विक्रि भएनन

सुमन मल्ल,मुगु
  जिल्लाका सरकारी विद्यालयमा फर्जि विद्यार्थी भर्ना गरिएका कारण साझा प्रकाशनका पाठ्य पुस्तक विक्रि हुन सकेका छैनन । अघिल्लो शैक्षिक सत्रको तथ्यांकका आधारमा मुगु जिल्लाका लागि ८६ हजार ३ सय ४० थान किताब आए पनि सरकारी विद्यालयले पुस्तक नकिने पछि बाँकि रहेका पुस्तक साझाले फिर्ता लिने भएको छ ।
     जिल्लाका एक सय ३६ सरकारी विद्यालयका लागि ३४ लाख ५० हजार बराबरका पुस्तक मुगु ल्याए पनि ९ लाख बराबरका पुस्तक विक्रि नभएको साझा प्रकाशन सिजनल डिपो मुगुका प्रमुख कृष्ण न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार कक्षा ६ को सात सय,कक्षा पाँचको चार सय, दशको दुई सय पचास सेट पुस्तक बाँकि रहेका छन । एक कक्षा देखि पाँच कक्षासम्म तिन हजार एक सय सेट पुस्तक बाँकि रहेका छन ।
जिल्लाको पश्चिममा पर्ने खत्याड भेकको लुई स्रोत केन्द्र अन्र्तगतका विद्यालयले बाजुराबाट पुस्तक ल्याएपछि साझाका पुस्तक फिर्ता हुने भएका हुन । विद्यालयमा नियमित हुने विद्यार्थीको संख्या कम भए पनि जिल्ला शिक्षा कार्यालयमा तथ्यांक पेश गर्दा विद्यार्थीको संख्या बढि देखाउने र सोहि आधारमा साझाले पुस्तक ल्याउने गरेको छ । सरकारले विद्यालयलाई दिवा खाजा, प्रति विद्यार्थी अनुदान, छात्रवृत्ति, अपाङ्ग, दलित विद्यार्थीलाई रकम दिने व्यवस्था गरे पछि फर्जि विद्यार्थीको संख्या धेरै देखिएको छ ।
  विद्यालयहरुले विद्यार्थीको तथ्यांक दिए अनुसार विद्यालयमा विद्यार्थी नियमित नहुने र भर्ना भई विद्यालय छोड्ने प्रवृत्ति रहेको जिल्ला शिक्षा कार्यालय मुगुले जनाएको छ । गत वर्षको तथ्यांक अनुसार प्राथामिक तहमा दश हजार आठ सय चौविस, निमावि तहमा पाँच हजार दुई सय चौवालिस र मावि तहमा एक हजार नौ सय चौसट्ठी गरि अठार हजार बत्तिस बिद्यार्थी रहेका छन ।

0 comments

बिचार लेख्नुहोस्..