स्वास्थ्य संजाल गठन गरियो

नृपेन्द्र बहादुर मल्ल,मुगु
           जिल्लामा संचालित स्वास्थ्य सवन्धित कार्यक्रम र सेवा भरपर्दो,सुरक्षित तबरले सेवाग्रहीलाई प्रदान गर्न गराउन नागरिक स्तरबाट आज स्वास्थ्यका लागी मानव संसाधन जिल्ला संजाल गठन गरिएको छ ।
           संजालले मुगु जिल्लामा सरकारी तथा गैर सरकारी संघ संस्थावाट  प्रदान गरीने सेवा,संचालित कार्यक्रमहरु लक्षित वर्गसम्म पुगे नपुगे,जिल्ला अस्पताल,जन स्वास्थ्य कार्यालय,स्वास्थ्य चौकी,उपस्वास्थ्य चौकी,र स्वास्थ्य केन्द्रमा आवश्यक जनसक्ति  छ छैन,भौतिक पुर्वाधारको अवस्था कस्तो छ, कार्यरत स्वास्थ्यकर्मीलाई सक्षम कसरी बनाउन सकिन्छ,चिकित्सक तथा स्वास्थ्य सेवामा कार्यरत कर्मचारीको पेशागत सुरक्षा जनस्तरबाट कसरी गर्न सकिन्छ भन्ने बारे बैठक,जनसल्लाह,र सवन्धित निकायमा पहल गर्ने वताईएको छ ।
           संजालमा स्वास्थ्य सम्वन्धि जिल्लामा काम गर्ने गैर सरकारी संघ संस्था,जिल्ला स्वास्थ्य कार्यालय,नेपाल नागरीक समाज,स्वास्थ्यकर्मी,महिला स्वयमं सेविका,पत्रकार महासंघ,शिक्षक, सदस्य रहने र संजाललाई स्वास्थ्य सम्वन्धी काम गर्न यूरोपेली यूनियनले सहयोग गर्ने संजालको मुगु संयोजन सस्था हिमाली समुदाय सहयोग समुहले जनाएको छ ।

0 comments

बिचार लेख्नुहोस्..