रारा क्याम्पसको पुस्तकालयमा अतिरिक्त पुस्तक मात्र,


असाढ, ९,गमगढी,
रारा शिक्षा क्याम्पस गमगढीको पुस्तकालय स्थापना गरिएको भए पनि अहिले सम्म अतिरिक्त पुस्तक मात्र रहेका छन ।
 सारथी नेपाल नामक संस्थाले दुई सय थान बढी विषयगत बाहेकका अन्य पुस्तक पुस्तकालयका लागि सहयोग गरे पनि क्याम्पसमा विद्यार्थी नै नजाने हुँदा पुस्तक पढ्ने कोहि छैनन ।
पुस्तकालयमा रहेका पुस्तक विषयगत भन्दा फरक रहेकाले पनि विद्यार्थीले चासो देखाएका छैनन । एक त क्याम्पसमा भर्ना भएका विद्यार्थी मध्य पाँच प्रतिशत मात्र कक्षामा मुश्किलले सहभागि हुने र पुस्तकालयमा बसेर पुस्तक पढ्ने बानी समेत नरहेका क्याम्पसले जनाएको छ । अब केहि समय भित्रै पत्रकार रविन्द्र मिश्रले अगुवाई गरेको हेल्प नेपालले क्याम्पसको पुस्तकालयका लागि विषयगत पुस्तकहरु सहयोग गर्ने तयारी गरिरहेको रारा क्याम्पस प्रमुख डम्बर बहादुर रावलले बताए ।
 जिल्लामा अहिलेसम्म एउटा पनि पुस्तकालय छैन । केहि समय पहिले गिरिजा प्रसाद कोईरालाको सम्झनामा गमगढीमा पुस्तकालय स्थापना गरिए पनि त्यसको निरन्तरता भने हुन सकेन । जिल्लामा पुस्तकालय स्थापना भएको भए साहित्य, राजनीति, साँस्कृतिक लगायतका क्षेत्रमा चासो राख्नेहरुका लागि साझा चौतारी बन्ने अवसर सिर्जना हुन सक्थ्यो ।

,

0 comments

बिचार लेख्नुहोस्..