झमेला श्रीनगर गाविसको, बैंकमा पाँच लाख तिर्न पर्ने आठ लाख गाविसमा प्रोफाईल पनि छैन

सुमन मल्ल
असाढ ९ ,मुगु 
   सदरमुकाम जोडिएको नमुना गाविस श्रीनगरमा रकम हिनामिनाका विषय र कार्यभार बुझ बुजारतका विषयमा फेरि झमेला सुरु भएको छ ।
 गाविसमा आर्थिक अनियमितताका विषयमा वेला वेला चर्काचर्कि हुने गरेको छ । वेला वेला यस्तो हुने गरेपछि गाविसवासीको दवाव पछि तत्कालिन गाविस सचिव भरत बहादुर शाहीलाई अन्यत्र सरुवा गरि नन्द बहादुर मल्ललाई गाविसमा ल्याईएको थियो । आईतवार बुझ बुझारत गर्न भन्दै भएको सर्व पक्षिय छलफलमा सचिव शाही र गाविसवासी विच चर्का चर्कि भएको थियो ।
 गाविसको आय व्यय विवरण बुझाउदा विल भरपाई नराखेर मौखिक रुपमा शाहीले आय व्यय बुझाउन खोजे पछि गाविस वासीले विल भरपाई विना बुझ बुजारत नहुने भने पछि विवाद भएको हो ।
 गाविस द्धारा गठन गरिएको लेखा समितिले तत्कालिन सचिव शाहीले ३ लाख १४ हजार अनियमित गरेको प्रतिवेदन दिए पनि अहिलेसम्म अशुल उपर हुन सकेको छैन । चालु आर्थिक वर्ष गाविसमा आएको कुल निकासा रकम २४ लाख ६५ हजार १ सय २५ रुपैयाँ मध्य अहिले लक्ष्यीत वर्गको ५ लाख ५२ हजार मात्र बैंक खातामा मौज्दात रहेको छ । बृद्ध वृद्धाले यो वर्षको तिन महिनाको १५ सय मात्र पाएका छन भने बालबालिकाले तिन महिनाको छ सय मात्र पाएका छन । अहिले बजेट कटौति भएर आएका कारण बृद्ध वृद्धा र बालबालिकाले चार चार महिनाको मात्र पाउने भएका छन ।
अहिले गाविसमा देखिएको तथ्यांक अनुसार सचिव शाहीले परिषद तथा सर्व पक्षिय बैठकबाट स्वीकृत गरेको भन्दा बढी खर्च गरेको पाईएको छ । ३६ हजार विद्युत जडानका लागि विनियोजन गरिएकोमा एक लाख विस हजार पाँच सय पचासी, श्रनिगर रिङ्ग रोडका लागि सर्भे गर्ने प्राविधिक र नापीको टोलिलाई ४० हजार पेश्कि र एक लाख बाह् हजार चार सय साठी दिन बाँकि देखाईएको छ । त्यस्तै टोल सुधार समितिलाई तालिमका लागि खटिएका सहजकर्तालाई दिनु पर्ने ३६ हजार मध्य १८ हजार दिन बाँकि देखाईएको छ ।
  अहिलेसम्म गाविसले गाविसको वस्तुगत विवरण नबनाएको देखिएको छ । गाविसको न्युनतम शर्त तथा कार्य सम्पादन मुल्यांकन गर्दा आर्थिक वर्ष २०६६÷०६७ को वस्तुगत विवरण फोटोकपि  र सामान्य संशोधन गरि पेश गरिएको पाईएको छ ।

,

0 comments

बिचार लेख्नुहोस्..