जिल्लाका चार स्थान लाई संरक्षण क्षेत्र घोषण गर्न माग

जीबन सेजुवाल
गमगढी ९ असार,
     जडीबुटी, दुर्लभ बन्यजन्तु हरुको चोरी निकासी र पाटन क्षेत्र मासिन थाले पछी जिल्लाका चार स्थान लाई संरक्षण क्षेत्र घोषण गर्न स्थानिय बासीले जोड दिन थालेका भए पनी सरकारी निकाए भने मौन रहेका छन ।
 जिल्लाका चार गाबिस मुगु, डोल्फु,किम्रि, रोवा गाबिसका बिभिन्न बन पाटन क्षेत्रमा पाईने जडीबुटी, दुर्लभ हिउ चितुवा, कस्तुरी,लगाएत अन्य जंङ्गली जनावर,पशुपंक्षि हरुको चोरी शिकारी हुन थाले पछी पाटन क्षेत्रनै मासिने संम्भावन देखिएपछी ति स्थान लाई संरक्षण क्षेत्र घोषण गर्नका लागी स्थानिए बासीले  चासो देखाए पनी सम्बन्धित निकाए भने मौन रहेको पाईएको छ ।
 जिल्लाका  २४ गाबिस मध्य यि चार गाबिसमा बहुमुल्य जडीबुटी दुर्लभ हिम चितुवा, देखी रेड पाण्डा लगाएत अन्य बन्यजन्तु र चराचुरङ्ग पाईने भएपनी  बर्षेनि बैशाख देखी मुगु, र डोल्फु गाबिसका पाटन क्षेत्रमा पाईने यार्सा गुम्बु र अन्य जडीबुटीङ्ग बिना ईजाजत  संकलनल गरी  संकलन गर्न जाँदा बन्य जन्तुको समेत शिकार गर्न थालेकाले त्याँका बासिन्दानै ति स्थान लाई संरक्षण क्षेत्र घोषण गरिनुपर्ने जोड दिन थालेका छन ।
 बिश्वमै दुर्लभ मानिने हिउ चितुवा ,रेड पाण्डा र कस्तुरी जिल्लाको पूर्बि भेगमा पर्ने डोल्फु र किम्रि रोवा गाबिसका चारै स्थानमा पाईने भएपनी  शिजन शिजनको जडिबुटी संकलनले गर्दा घाँसे चरन क्षेत्र मासिन थाले पछी अहिले यहाँका बासिन्दा आफै यि क्षेत्र लाई संरक्षण क्षेत्र घोषण  गरी चोरी निकासीमा रोक लगाउन सम्बन्धित निकाए लाई दबाब दिने जर्मको गर्न थालेका छन ।
जडी बुटी संकलन गर्न जाँदा पाटनमा आगो लगाई दिने जनावर बस्ने स्थानमा फडानी गर्नका साथै घर पालवा चौपाया छाडा गर्नाले दुर्लभ जंङ्गली जनावर एक स्थान बाट अर्को स्थानमा जानु र शिकारी हरुले बिस पाँसो लगाएत अन्य हातहतियार प्रयोग गरी जनावरको ज्यान लिने गरेकाले पनी यस्को रोक थामका लागी पनि जिल्लाका अन्य स्थान लाई पनी पहिचान गरी सरकारले संरक्षण क्षेत्र घोषण गर्नु पर्ने जिल्ला बन अधिकृत गोबिन्द्र श्रेष्ठ बताउछन ।
 जैबिकबिबिधता र धार्मिक र पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण, सामुदायिक बन , कबुलियती बनको रुपमा समुदायले ब्यबस्थापन गर्ने पहुच नपुगेका राष्टिय बन क्षेत्र लाई संरक्षण क्षेत्र रुपमा ब्यबस्थापन गर्न सकिने भएपनी त्यस क्षेत्रका बासिन्दाले भने आफनो सामुदायिक बन क्षेत्रमा जस्तो चाहेको बेला जडीबुटी संकलन गर्न नपाउनुका साथै पशु चौपाया चरन क्षेत्रमा छोड्न समेत नपाउने ब्यबस्था हुन सक्ने भएकाले स्थानिय बासिन्दाले आफना नजिकका उस्ता क्षेत्रलाई आफै संरणक्ष गर्नु पर्ने सरोकार वाला निकाय बताउछन ।

0 comments

बिचार लेख्नुहोस्..