जुम्लामा कप्र्यु ÷जनजीवन कष्टकर
सुमन मल्ल,मुगु–
जुम्ला सदरमुकाम खलंगामा आईतवार नेकपा माओवादी र नेविसंघका कार्यकर्ता बीच लगातार दोहोरो झडप हुन थाले पछि मंगलबार राती देखि जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाएको छ ।शनिबार बेलुकी नेकपा माओवादी सर्मथक मनोज बुढाथोकी मगर र नेपाली का“गे्रसको भातृ संगठन नेवि संघ जुम्लाका पुर्व अध्यक्ष घनश्याम थापा वीच झगडा हु“दा थापा घाईते भए पछि विवादले ठुलो रुप लिएको थियो । आईतवारको दोहोरो झडपमा थापाका आफन्त पशु सेवाका कर्मचारी जनक सेजुवाल शक्त घाईते भएका थिए / माओवादी कार्यकर्ताले सेजुवाललाई रडले टाउकोमा प्रहार गरि गम्भिर घाईते बनाए पछि उपचारका लागि तत्कालै हेलिकप्टरद्धारा काठमाण्डौ लगिए पनि उपचार हुन नसकदा भारतको लखनउ पु¥याईएको छ ।मंगलवार नेपाली काँगे्रस र नेकपा माओवादीलाई जिल्ला प्रशासन कार्यालयमा वार्तामा बोलाए पनि दोषीलाई पक्राउ गरि कार्वाही नगरेसम्म वार्तामा नवस्ने अडान काँगे्रसले अडान लिएको तथा तनाव हुने अवस्था देखिएपछि कफ्र्यु लगाउनु परेको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।स्थानीय शान्ति समिति जुम्ला र मानव अधिकारवादी संस्थाको अगुवाईमा तिन पटकसम्म जुम्लाका राजनितिक दलहरुसँग छलफल भएको र शान्ति सुरक्षाको स्थितिमा खलल पुग्ने खालका गतिविधि गर्ने जो सुकैलाई कानुन अनुसार कार्वाही गर्न आफुहरुले प्रशासनलाई सहयोग गर्ने प्रतिबद्धता गरेको प्रजिअ प्याकुरेलले जानकारी दिए ।
मंगलबार राती ८ बजेबाट लगाईएको कप्र्यु बुधवार विहान एक घण्टाका लागि हटाए पनि स्थिती तनावपुर्ण बन्दै गएपछि पुन कप्र्यु लगाईएको हो । जिल्लाकोशान्ति सुरक्षाको अवस्था सामान्य बनाउन कप्र्युलाई सामान्य करण गर्दै लैजाने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । कप्र्युका कारण जुम्ला बजार सुनसान छ भने अधिकाँश मान्छेहरु बुधवार विहान एक घण्टा कप्र्यु हटाए पछि वन तर्फ हिडेका छन । स्थितिलाई नियन्त्रणमा लिन तिन दर्जन बढी प्रहरी नेपालगञ्जबाट जुम्ला ल्याईएको छ । आईतवार बिहानै देखि बजारमा पटक–पटक दोहोरो झडप हु“दा बजार क्षेत्र दिनभर तनावग्रस्त भएको थियो । आधा दर्जन घर तोडफोड भएका छन् ।मंगलबार अबेरसम्म जिल्ला प्रशासन कार्यालय र नेपाल पत्रकार महासंघको सहजीकरणमा बसेको वार्ता निष्कर्षबिहीन भएपछि यस्तो अवस्था आइपरेको हो।प्रहरीले पूर्व सभासद नरेश भण्डारीको नेतृत्वमा आएको वार्ता टोलीका सदस्यलाई नियन्त्रण्ँमा लिएपछि झन अवस्था नाजुक बन्दै गएको थियो। वार्ता गर्न आएको टोली नै असुरक्षित भएपछि वार्ता गर्नुको कुनै औचित्य नभएको सभासद
भण्डारीको भनाइ छ। यता प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले भने वार्ता टोलीमा आएका २ जना
सदस्यको जाहेरीमा नाम उल्लेख भएकोले पक्राउ गरिएको बताए। उनले भने,”सोधपुछका लागि पनि नियन्त्रणमा लिनु पर्ने भयो।” पक्राउ पर्नेमा नेकपा–माओवादीका जिल्लास्तरीय नेता मिन बहादुर भण्डारी र राज बहादुर भग्रीरहेका छन् ।
झडपका क्रममा जुम्ला बजारका मानव सेजुवाल,घनश्याम थापा, यमराज कार्की, शंकर कार्की, राज बहादुर खत्रि लगायतका एक दर्जन स्थानीयवासीका घरमातोडफोड गरि क्षति पुगेको थियो । स्थिति सामान्य नबन्दासम्म कप्र्यु जारी रहने स्थानीय प्रशासनले जनाएको छ । वार्ताको प्रयास निरन्तर भईरहे पनि काँगे्रसको अडानले छलफल हुन सकेको छैन भने नेकपा माओवादीका नेता कार्यकर्ताले बजार छोडिसकेको बताईएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयले २४ घण्टा भित्र घटनामा संलग्नलाई पक्राउगरि कारवाही गर्ने प्रतिबद्धता गरे पनि मंगलवारसम्म कसैलाई पक्राउ गर्न नसकेपछि बदला लिन काँगे्रस सडकमा ओर्ले पछि तनाब बढेको हो ।

0 comments
बिचार लेख्नुहोस्..