झाडा पखाला बाट मृत्यु भएका बालको लास तिन दिन देखी घरमै

जीबन सेजुवाल
गमगढी २७ जेठ करान भेगको पुलु गाबिस आठ सेरोग गाँउका  एक बालकको शनिबार आफना बाजे संग लेखमा बाख्रा चराउन गएका बेला झाडा पखालले बिरामि परे पछी गाँउमा ल्याउदा ल्याउदै उनको मृत्यु भए पनि लास लाई उठाउने गाँउमा कोही नभएपछी तिन दिन देखी घरमै रहेको छ भने अर्का एक बालक पनी झाडा पखाललबिरामि परेका छन ।
 पुलु गाबिस आठ  निबासी पेमा तोर्चे लामाका सात बर्षिय छोरा छिरिङ्ग लामा  बाबु आमा लगाएत सबै परिवार १५ गते देखी यार्सा खोजीमा मुगु गाबिसका पाटन क्षेत्रमा गएकाले बुढा हजुर बुबा संग बाख्रा चराउन लेख तिर गएपछी शनिबार झाडा पखालले बिरामि भई उपचार गर्न पुलु स्वास्थ्य चौकिमा ल्याउन भनि गाँउमा ल्याउदा ल्याएदै स्वास्थ्य चौकिमा पनी कौही नभएकाले उपचार नपाई मृत्यु भएको छ  भने गाँउका सबै जना यार्साको खोजिमा पाटन तिर हिडेपछी बालकको लास तिन दिन देखी घाटमा लिने मान्छे नपाई घरमै राखिएको छ।
  सेरोग निमाबिमा कार्यरत असल छिमेकि नेपालका शिक्षक अंक बुढाले दिएको जानकारी अनुसार गाँउमा अहिले बुढापाखा मात्र भएकाले झडापखाला बाट बिरामि परेर मृत्यु भएका ति बालकले समयमै उपचार नपाई अकालमै ज्यान गुमाएका हुन गाँउ देखी एक घण्टा तल रहेको स्वास्थ्य चौकिमा स्वास्थ्य कर्मि नभएको खबर पाएपछी उपचारका लागी सदरमुकाम गमगढी लिने कोही पनी नभएकाले मृत्यु भएको हो भने अर्का १७ बर्षिय पेमा छेन्जोक लामा पनि झाडा पखलाले बिरामि भएपछी उनि लाई पनी उपचारका लागी गमगढी ल्याउने मान्छे नभएकाले अनिको ज्यान पनी मृत्युको दोशादमा रहेको शिक्षक बुढाले बताए ।
असार १५ देखी मुगु गाबिसको बिभिन्न पाटन क्षेत्रमा यार्सा खोजीमा गाँउका स्कुल जाने देखी दुधे बालक समेत च्यापि महिला पुरष सबै हिडेपछी अहिले गाँउमा रहेका बुढापाखा र खोजिमा नगएका बालबालिका बिरामि पर्दा औषधि उपचारका लागी चेक जाँच गर्ने स्वास्थ्यकर्मि पनि यार्सा खोजिमा हिडेपछी उपचारका लागी सदरमुकाम ल्याउने गाँउ घरमा कोही नभएकाले गर्मि शिजनमा झडापखला र अन्य रोगले पनि ज्यान लग्ने सम्भावना देखिए पनि सम्बन्धित  घर परिवारले घरमा रहेका बुढा आमा बाबु र बालबालिकाको भन्दा रुपैयाका महत्व मानि बर्षेनि गाँउनै सुन सान गरी यार्साको खोजिमा जाने गरेका छन ।

,

0 comments

बिचार लेख्नुहोस्..