पानी परे पछि खुशी हुदै किसानहरु खेतीपातीमा जुटे
नृपेन्द्र बहादुर मल्ल,मुगु
हिउँदे वाली भित्राएर बर्षेवाली लगाउने समय आई सक्दा पनि पानी नपरे पछि चिन्तित भएका किसानहरु विहीवार रातीबाट पानी पर्न थाले पछि खुशी हुदै खेतीपातीका लागी जुटन थालेका छन /
वैशाखको पहिलो साता मै लगाएका अन्नवालीहरु कोदो,मकै,चिनो,काउनो,फापर धान,पाखेधान,पानी नपर्दा समयमै गोडमेल नपाई खेत,गरा मै सुख्न थाले पछि चिन्तित भएका कृषकहरु पानी पर्न थालेपछि खुशी भएका हुन । पानी नपरे पछि फुर्सदिला भएका यहाँका कृषकहरु पानी पर्न थालेकाले घरवारी बालबच्चा,बुढापाखा अभिभावकको जिम्मामा या घरमा ताला लगाई खेत गरामा खेती गर्न जान थालेपछि गाँउघर सुनसान र खेतगरा रमाईला भएका छन भने वनपाखामा असारे देउडा गीतका स्वरहरु गुन्जीन थालेका छन । दुई महिना यतादेखि पानी नपरेपछि यस वर्ष भोक भोकै मरिन्छ लागेको थियो अब पानी पर्न शुरु गरेको छ आश पलाएको छ । “माना छरेर मुरी कमाउने” यो बेलामा घरमा बसेर समय फल्नु भन्दा सानो तिनो भएपनि कामगर्नु पर्छ भन्छन कार्कीवाडा सातका कृषक रतनकार्की /
जिल्ला कृषि विकास कार्यालय मुगुका वरिष्ठ कृषि विकास अधिकृत रामजी देवकोटा भन्छन समय अवधी भन्दा केही ढिलो मनशुन शुरु भए पनि मनशुन असारको अन्तिम सातासम्म रहि रहे कृषकहरुले आत्तीनु नपर्ने तर अहिले पानी परेर असारको अन्तिम साताबाट खडेरी परेमा एक सिजनको खेतीपातीले तिन महिना धान्ने भएपनि उब्जनीमा कमी आई भोकमरी पर्ने गरेको पाईएको छ ।

0 comments
बिचार लेख्नुहोस्..