खाद्य अधिकार सञ्जालको सचिवालय स्थापना
जीवन सेजुवाल, मुगु
जिल्ला खाद्य अधिकार सञ्जाल मुगुको गमगढीमा सचिवालय स्थापना हुने भएको छ । शुक्रवार खाद्य अधिकार सम्बन्धि काम गर्ने गैर सरकारी संस्थाहरुको साझा संस्था जिल्ला खाद्य अधिकार सञ्जाल मुगुको बैठकले सञ्जालको सचिवालय स्थापना गर्ने निर्णय गरेको हो । फियान नेपालको कार्यालयमा बसेको बैठकले सचिवालयको कार्यालय फियान नेपालको कार्यालयमा राख्ने र कार्यालय व्यवस्थापन पनि फियान नेपालले गर्ने निर्णय गरिएको छ ।
सञ्जालमा आवद्ध रहेका सदस्य संस्थाले स्रोत व्यक्ति समेत तोक्ने निर्णय भएको छ । जिल्लाका लागि अहिले सम्म कृषि विकास रणनिति नबनेकोले रणनिति बनाउन यस अघि गठन गरिएको कार्यदललाई कृयाशिल बनाउने विषयमा समेत छलफल गरिएको थियो ।

0 comments
बिचार लेख्नुहोस्..