नेता घुमाउन अव रकम नलिने निर्णय
सुमन मल्ल
गमगढी
चालु आर्थिक वर्षमा जिल्लामा सञ्चालनमा रहेका र सञ्चालनको प्रक्रियामा रहेका योजनाहरुको अनुगमन गर्न खटिने राजनीतिक दल सम्लित अनुगमन टोलीलाई रकम व्यवस्था नहुने भएको छ ।
बुधबार जिल्ला विकास समिति मुगुमा बसेको सर्वदलिय बैठकले अनुगमन टोलिका लागि जिल्लाका सरकारी तथा गैर सरकारी निकायसँग माग गरिएको ४० हजार रुपैयाँ नलिने निर्णय गरेको छ । यस भन्दा अगाडि जेठ ३१ गतेको बोर्ड बैठकको निर्णय भन्दै मिति २०७० असार ३ गते चलानी नम्बर ११४४ को पत्र जिल्ला विकास समिति मुगुलेसुरकारी तथा गैर सरकारी संघ संस्थामा पत्र पठाई ४० हजार खर्च अविलम्ब पठाई सहयोग गरिदिन भनेको थियो ।
यसको समाचारहरु सञ्चार माध्यममा आएपछि जिल्ला स्तरमा विरोध हुन थालेपछि सरकारी तथा गैर सरकारी निकायद्धारा जिल्लामा सञ्चालन गरिएका योजना तथा कार्यक्रमको सुचि प्राप्त नभएको भन्दै बुधवारको जिविस बोर्ड बैठकले माग गरिएको खर्च नलिने निर्णय गरेको निमित्त स्थानीय विकास अधिकारी विर बहादुर रावलले जानकारी दिए । बुधवारको बैठकमा जिल्लामा क्रियाशिल पत्रकारहरुलाई बोलाएर साँझ पख रकम माग गरिएको समाचार प्रकाशित हुनु दलहरुको अपमान गर्न खोजेको जिल्लाका राजनितिक दलले बताएका थिए । योजना तथा विकास निर्माणका कार्य दलकै कार्यकर्ता सहभागि भएर गर्ने र अनुगमन पनि ति दलले गर्दा विकास पनि नहुने अनियमिता समेत ढाकछोप हुने भन्दै जिल्लावासीले विरोध गर्दै आएका छन । जिल्लाका चारवटै भेक क्ष्त्रमा हुने अनुगमनमा खटिने दलका नेता कार्यकर्ताले खर्चको व्यवस्थापन आफै गर्ने बताएका छन ।
0 comments
बिचार लेख्नुहोस्..