वजार व्यवस्थापनका लागि नक्साकंन सम्पन्न,
मुगु न्युज डट कम
असार १४ गमगढी,
गमगढी बजारको सडक व्यवस्थित गर्न सडकको दायाँ बाँया नक्साकंन गर्ने कार्य सम्पन्न भएको छ ।
बजारको मुल बाटोको मध्य विन्दु देखि दाँया बाँया दुई दुई मिटरमा बनेका पेटी , टहरा हटाई न्युनतम चार मिटर बनाउने गरि शुक्रबार नक्सांकन गरिएको छ ।
बजारमा गाडी गुड्न सक्ने सडक विस्तार गर्न एक हप्ता भित्र सडक मिचेर बनाईएका घर टहरा नभत्काईए जिल्ला प्रशासन कार्यालय मुगुमा झिकाई आवश्यक कानुनी प्रक्रिया अगाडी बढाईने भएको छ । बजारका तिन चार ठाउँमा सडक निकै साँघरो छ भने ति स्थानमा सडक मिचेर बनेका घर धनिहरुले घर भत्काउन मानेका छैनन । बजारमा रहेका सबै घरका दलिन र भ¥याङ फालिने भएकाछन ।
0 comments
बिचार लेख्नुहोस्..