बुझेकालेनै बाल बिबाह गर्न थाले

जीबन सेजुवाल
मुगु १६, असार, बाल बिबाह न्युनिकरणका लागी जिल्लामा कार्यरत आधा दर्जन गैर सरकारी संघ सस्था र सरकारी कार्यलयले प्रदान गरेका तालिम लिने ब्यक्तिनै बाल बिबबाहमा गर्ने गराउनेमा बढी भेट्टिका पाईएका छन ।
 जिल्लाम बाल बिबाह न्युनिकरणका लागी सक्रिय आधा दर्जन गैर सरकारी संघ संस्था लगाएत जिल्ला बाल कल्याण समिति र अन्य सरकारी कार्यलयले ०६८ साल देखी सक्रिय भई जिल्लाका छ गाबिसका बाल कल्ब र गाँउ बाल संरक्षण समिति युवा कल्ब शिक्षक बिद्यार्थी र समुदाय लाई बिभिन्न समयमा बिभिन्न खाले तालिम प्रदान गरी तालिम लिएका हरुनै बाल बिबाहमा संलग्न भएको पाईएको छ।
 जिल्ला लाई बाल बिबाह मुुक्त क्षेत्र घोषण गनका लागी जिल्ला बिकास समितिको पाँचौ जिल्ला परिषदले र सदरमुकाम नजिकका छ गाबिस श्रीनगर, कार्किवाडा, पिना, रोवा, रुगा, र रारा गाबिसले पाँच बर्षिय रणनिति योजना पारित गरेको भएपनी यी गाबिसमानै बढी बाल बालिका सम्बन्धि बुझेका हरुले नै बाल बिबाह गर्ने गरेको जिल्ला बाल कल्याण समिति मुगुका प्रमुख ईन्दीरा शाही मल्ल बताउछीन । मल्लका अनुसार अहिले यि गाबिसका झण्डै १ हजार भन्दा माथी बाल बालिका र १ सय जना भन्दा बढी गाँउ बाल संरक्षण समितिका पदाधिकारीले तालिम तथा  अन्य जनचेतनाका कार्यक्रम पाईसकेका भएपनी जो तालिम लिएका हरु छन तिनैको घर परिवार र समुदायमा बाल बिबाह हुने गरेको छ ।
 जिल्लाका २४ गाबिस मध्य सदरमुकाम नजिकको कार्किबाडा गाबिसम सबै भन्दा बढी बाल  बिबाह हुने गरेको भए पनी रोक थामका लागी कसैले पहल गरेको देखिदैन धार्मिक तथा कानुनी रुपमा उमेर नपुगेर बिबाह गर्दा कानुनले समात्ने डरले अहिले १४ बर्ष देखी माथीका बाल बालिका भागेर बिबाह गर्ने गरेकाले पनी कानुनको कुनै डर नहुने भन्दै अबिभाबकको मिलोमोतोमा एक दुई बर्ष पछी वा बच्चाको जन्म भई सके बिबाह दर्ता गर्ने गरेको र बिबाह दर्ता गराउदा उमेर पुगेको हुन्छ कानुनि पक्रिया बनाउनुनै प¥यो कार्कि बाडा गाबिस सचिब रेशम रावल बताउछन ।
 सेभद चिल्ड्रेन ईन्रनेशनलको आर्थिक सहयोगमा कर्णाली एकिकृत ग्रामिण अनुसन्धान बिकास केन्द्र किर्डाक नेपाल दारा सदरमुकाम नजिकका छ गाबिसमा बाल बिबाह न्युनिकरण गर्ने उदेश्यले संचालित बाल सरंक्षण कार्यक्रम ०६८ बाट हाल सम्म बाल बिबाह सम्बन्धि बिभिन्न क्रियाकलाप गरी यि याबिसमा ३७ प्रतिशतले बाल बिबाह घटेको भनेपनी अहिले बाल बिबाह घट्नुको साँटो बड्दै गएको भेटिन्छ ।  बालबालिका सम्बन्धि कार्यक्रम लागु भए यता सबै भन्दा बढी कार्किवाडा गाबिसम मात्र २५ भन्दा बढी बाल कल्बका सदस्य र गाँउ बाल संरक्षण समितिका पदाधिकारीका आफन्तबाट उमेर नपुगी बाल बिबाह भएका छन ।

0 comments

बिचार लेख्नुहोस्..