बाढी पिडीतका लागि एमालेद्धारा चन्दा संकलन

मुगुन्युज डट कम,
असार ९, गमगढी ,
 गएको हप्ता भएको अविरल वर्षाका कारण दार्चुलामा आएको बाढीले पिडीतहरुका
 लागि नेकपा एमाले मुगुले चन्दा संकलन सुरु गरेको छ ।
  अविरल वर्षाका कारण ठुलो मात्रामा धनजनको क्षति भएको थियो । देश भरि बाढी पिडीतका लागि राहत
तथा सहयोग संकलन गर्ने कार्य भईरहेको छ । आईतवार गमगढीमा एमालेले चन्दा संकलन गर्दा ३२ हजार ७ सय ८० रुपैयाँ संकलन भएको छ ।
आईतवार गमगढी बजारमा रहेका होटेल पसलबाट चन्दा संकलन गरिएको छ भने सोमवार सरकारी तथा गैर सरकारी संघ संस्थाहरुसँग बाढी पिडीतका लागि चन्दा संकलन गरिने
नेकपा एमाले मुगुका सचिव जित बहादुर मल्लले जानकारी दिए ।

0 comments

बिचार लेख्नुहोस्..