बालमैत्री शिक्षण सिकाइ क्रियाकलापमा जोड दिनुपर्ने
सन्देश श्रेष्ठ, गमगढी, ५ असार, २०७०
श्री बुद्ध उच्च माध्यमिक विद्यालय, माङ्ग्रीको आयोजना तथा युनाईटेड मिसन टु नेपाल मुगुको आर्थिक सहयोगमा बालमैत्री शिक्षण सिकाइ क्रियाकलाप सम्बन्धी तीन दिने तालिम गमगढी मुगुमा असार ५ गते सम्पन्न भएको छ । माङ्ग्री गा.वि.स.अन्तर्गतका विद्यालयहरुको प्राथमिक तहका शिक्षकहरुका लागि आयोजना गरिएको तालिममा श्री बुद्ध उच्च माध्यमिक विद्यालय, माङ्ग्रीबाट ४ जना, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, छायलका २ जना, प्राथमिक विद्यालय, महका १ जना, निम्न माध्यमिक विद्यालय, चिमाथका २ जना, प्राथमिक विद्यालय, पापुका २ जना गरी जम्मा ११ जना शिक्षकहरुको सहभागिता थिय।
तालिममा बालमैत्री विद्यालयको अवधारणा, यसको उद्देश्य एवम् आवश्यकता, व्यवस्थापनमा विभिन्न सरोकारवालानिकायहरु (विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापक, शिक्षक तथा अभिभावक लगाएत बालबालिका) को भूमिका बारेमा छलफल सञ्चालन गरिएको थियो । व्यवहारिक अभ्यास तथा विभिन्न खेलको माध्यमबाट प्रमुख शिक्षण सिकाइ क्रियाकलापहरु बारेमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षार्थी सहभागी शिक्षक तथा प्रशिक्षकहरुको सक्रिय सहभगिता रहेको तालिममा यसभन्दा अगाडि जिल्लामा थुप्रै संघसंस्थाहरुबाट बालमैत्री विद्यालय तथा शिक्षण सिकाइ क्रियाकलाप बारेमा विभिन्न विद्यालयका शिक्षकहरुको लागि तालिम सञ्चालन भईसके तापनि सो बमोजिम हुन नसकेका सहभागी शिक्षकहरुको स्वीकारोक्ति थियो । खासगरी शिक्षक दरबन्दीको अभावमा बहूकक्षा शिक्षण गर्नुपरको, बालमैत्री विद्यालय तथा शिक्षण सिकाइ क्रियाकलापको लागि आवश्यक सामग्री व्यवस्थापनमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको सहयोग पाउन नसकेको कारण तालिममा सिकेका कुराहरु हूबहु कक्षाकोठामा प्रयोग गर्न कठिनाइ भएको सहभागी शिक्षकहरुको गुनासो थियो । प्रशिकक्षकहरुले भने तालिम अवधिभर र तालिमको अन्त्यमा शिक्षकहरुबाट प्रभावकारी कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गरिए पनि विद्यालयमा पुगेपछि व्यवहारिक रुपमा कटिबद्धता पाउन नसकेको बताए ।
सरकारले बालमैत्री स्थानीय शासन कार्यविधि र बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप तयार गरे तापनि कार्यविधि तथा राष्ट्रिय प्रारुपमा उल्लेखभएबमोजम जिल्ला तथा गाउँ स्तरमा प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन । तालिमको समापन समारोहमा निमित्त जिल्ला शिक्षा अधिकारी ललितजङ्ग मल्ल तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर रोकायाले नीतिगत रुपमा व्यवस्था भएबमोजिम ठ्याक्कै नसके पनि स्थानीय स्तरमा जे जसरी उपयुक्त देखिन्छ, गर्न सकिन्छ त्यही रुपमा बालमैत्री शिक्षण सिकाइ क्रियाकलापमा जोड दिनुपर्ने बताए ।तालिममा जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्तिहरु विष्णुहरी ढुङ्गाना, पूर्णदीप कँडेल र बद्री ढुङ्गानाले प्रशिक्षण गर्नुभएको थियो ।

0 comments
बिचार लेख्नुहोस्..