हुम्लामा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना, १ को मृत्यु, ५ घाइते

हुम्लाको तुम्कोट फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।
      हुम्ला टावरका प्रमुख टेकबहादुर तापलीको उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । दुर्घटनामा गम्भीर भएका हेलिकोप्टरका पाइलट इटालियन डाभिडी, फिस्टेलका दिलक श्रेष्ठ र स्थानीय गोविन्द लामाको अवस्था गम्भीर छ भने गोमा एयरका पाइलट एडी शेर्पा र प्रज्वल भट्टराई सामान्य घाइते भएका छन् ।नेपालगञ्जबाट गएको फिल्टेलको अर्को हेलिकोप्टरले पहिलो लटमा गम्भीर घाइते ३ जनालाई सिमिकोट पुर्‍याएको छ भने बाँकी २ जनालाई अर्को लटमा ल्याएको छ ।
हिल्साबाट सिमिकोटका लागि उडेको इटालियन कल साइन भएको हेलिकोप्टर मुचु गाविस(६ को तुम्कोटस्थित अपराहृन दुर्घटना भएको हो ।
          हेलिकोप्टर कर्णली नदीको बगरमा दुर्घटना भएको हो ।हेलिकोप्टर कर्णाली नदीको दुई तिरको भंगालोबीचमा रहेकाले उद्दारमा कठिनाई भएको थियो ।सिमिकोटमा ४ बजेर २० मिनेटमा ल्याण्ड हुनु पर्ने हेलिकोप्टर नआएपछि खोजी गर्दा दुर्घटना भएको भेटिएको हुम्लाका संचाकर्मी रमेश उेडीले  बताए । हेलिकोप्टरमा समस्या आएर अवतरण गर्ने क्रममा दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ ।

स्रोत ekanali.com

,

0 comments

बिचार लेख्नुहोस्..