तिन दिने जिविकोपार्जन सुधार तालीम सुरु

मुगु न्युज डट कम
९ असार, गमगढी,
आय आर्जन तथा व्यवसाय सञ्चालन गरि जिविको पार्जन सुधार होस भन्ने उद्देश्यले आईतवार देखि तिन दिने जिविकोपार्जन सुधार तालिम सुरु भएको छ ,
  स्थानीय विकास मनत्रालयको आयोजनामा गमगढीमा सुरु भएको तालिममा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्र (एल.जि.सि.डि.पि ) का २४ गाविसका २४ जना सामाजिक परिचालक र कार्यक्र संयोजक तथा सहजकर्ता गरेर २९ जना सहभागि रहेका छन ।
  २४ गाविस मध्य पहिलो चरणमा श्रीनगर,कार्कीबाडा,सेरी, श्रीकोट,गम्था र सुकाढिक बाहेक अन्य १८ गाविसमा गठित नागरिक सचेना केन्द्रका पदाधिकारीहरुले व्यवसाय सञ्चालन गर्न मनत्रालयले १ लाख अनुदान रकम उपलब्ध गराउने भएको छ । प्रत्येक सचेतना केन्द्रलाई एक एक लाख वितरण गरिने रकम एक केन्द्रका पाँच जनाले चलाउने छन । तालीम सकिए लगतै असार १५ गते भित्र भुक्तानी लिई सक्नु पर्ने छ ।

0 comments

बिचार लेख्नुहोस्..