असार मसान्त आउदा जिविसमा विवाद,
मुगु न्युज डट कम,
असार,१६ ,मुगु,
जिल्ला विकास समिति मुगुमा हिजो आज योजना सम्पन्न गरि भुक्तानी लिन आउनेको भन्दा लेखा अधिकृतको चर्तिकला सुन्न आउने मान्छेको घुईचो लाग्न थालेको छ ।
आईतवार दिउसो आर्थिक वर्ष सकिन लागेको र सम्पन्न भएका योजनाहरुको भक्तानी नरोक्न तथा कार्यालयका लागि खरिद हुने सामाग्रीको जानकारी आफुलाई गरानु पर्ने भने पछि स्थानीय विकास अधिकारी भरत गौंतम र लेखा प्रमुख अनिल ढुंगाना विच ठुलो विवाद भएको थियो । विवादका कारण दिउसो दुई वजे देखि नै लेखा शाखा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन ।
आफुलाई यस्तै असहयोग भईरहे सवै अख्तियारी छोडेर जाने स्थानीय विकास अधिकारी गौतमले वताए । तर आफुले कुनै कर्मचारीलाई दुख नदिएको बताए । एक वर्षसम्म जिल्ला विकास समितिमा कसैसँग कुनै विवाद नभए पनि यो सरुवा हुने वेलामा यस्तो विवाद भयो । सवैले मुल्यांकन गर्ने कुरा हो गौतमले भने ।
विवाद पछि स्थानीय विकास अधिकारीको निवासमा छलफल समेत भएको थियो ।
छलफलमा सोमवार देखि आपसी समन्वयमा काम हुने , यो भन्दा अगाडी भएका गल्ति ,त्रुटिलाई स्वीकार गर्ने सवैको सल्लाह भएको छ । यद्यपी सोमवार बाट जिविसमा सेवा ग्राहीले सहज रुपमा सेवा पाउने हुन वा दुख पाउने हुन त्यो हेर्न बाँकि छ ।
आर्थिक वर्षको अन्त्यमा यस्तो विवाद वाहिर आए पनि अगाडी देखि नै जसरी भए पनि स्थानीय विकास अधिकारीलाई असहयोग गरेर जिल्लाबाट छिटो पठाउने तथा आफु अनुकुलको वातावरण श्रृजना गरि एक छत्र राज गर्ने सोचमा केहि व्यक्ति लागि परेको जिविस स्रोतले बताएको छ ।
जिल्लामा सञ्चालन भएका विकास योजना सम्पन्न गरि अन्तिम भुक्तानी लिन आउने सर्व साधारण उपभोक्ताहरुको रकम भुक्तानी दिन लेखा प्रमुख अनिल ढुंगानाले रोक्न थाले पछि विवाद सतहमा देखिएको हो ।
उपभोक्ताहरुले पाउनु पर्ने अन्तिम भुक्तानीका लागि योजना शाखाबाट कागजात हेरि स्थानीय विकास अधिकारीले भुक्तानीका लागि तोक लगाएर लेखामा पठाउदा लेखा प्रमुख ढुंगानाले उपभोक्ताहरुलाई योजनाका तस्वीर, प्रतिवेदन र विस्तृत लागत ईष्टमेट नुहुँदासम्म भुक्तानी दिन रोके पछि नागरिकले शास्ती भोग्नु परेको छ । यस्तो शास्तीबाट गाविस सचिवहरु समेत हैरान बनेका छन ।

0 comments
बिचार लेख्नुहोस्..