मतदाता नामावली संकलन कार्य जारी

मुगु न्युज डट कम,
असार १७,
 जिल्लामा मतदाता नामावली दर्ता गराउन छुटेका व्यक्तिहरुको नामावली दर्ता गराउन जिल्ला निर्वाचन कार्यालय मुगुले मतदाता नामावली संकलन कार्य जारी राखेको छ ।
मंसिर ४ गते संविधान सभाको निर्वाचनका लागि मिति तोकिए पछि निर्वाचन आचार संहिता लागु हुनु पहिले असार मसान्तसम्म फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेकाहरुको नामावली दर्ता गराउन अहिले कार्यालयले सदरमुकाम नजिकका गाविसमा घुम्ति टोली खटाएको छ ।
 केहि समय अगाडी जिल्लाका तिन भेकमा एकिकृत घुम्ति सेवा मार्फत फोटो सहितको मतदाता नामावलि संकलन गरिएको थियो ।
 सदरमुकामका लागि यसै हप्ता रोवा गाविसमा मतदाता नामावली संकलन गरिएको थियो । सोमवार रुगा गाविसमा फोटो सहितको मतदाता नामावली संकलनका लागि टोलि खटिएको छ ।

0 comments

बिचार लेख्नुहोस्..