किम्रीमा खानेपानीको अभाव

विमल हमाल
 किम्री गाविसको वडा नमबर १,२ र ३ किम्री गाउँमा ल्याईएको खानेपानीको पाईप चुटिए पछि विस दिन यता खानेपानीको अभाव भएको छ । छ वर्ष अगाडी ग्रामीण खानेपानी तथा सर सफाई कोषको आर्थिक तथा सप्रोस नेपालको प्राविधिक सहयोगमा किम्री गाविसकै खारी गाउँको वन क्षेत्रबाट खानेपानी ल्याईएको थियो ।
दुई किलो मिटर टाढा कर्णाली माथीबाट ल्याईएको खानेपानीको लाईन चुटिए पछि अहिले गाउँमा खानेपानीको समस्या भएको हो ।
 अहिले किम्री गाउका स्थानीयवासीले एक घण्टा ओरालो झरेर नदिको पानी बोक्न बाध्य छन । पालो पर्खेर छिमेकि गाउँ कार्तिबाट एक घण्टा लगाएर पानी बोक्ने गरिरहेका छन ।

0 comments

बिचार लेख्नुहोस्..