मानव अधिकार तथा खाद्य अधिकार सम्बन्धि दुई दिने कार्यशाला सुरु,

पुष्पा शाही,
मुगु न्युज डट कम,
 राष्टिय मानव अधिकार आयोग उप क्षेत्रिय कार्यालय जुम्लाको आयोजनामा बुधवार देखि गमगढीमा दुई दिने कार्यशाला गोष्ठि सुरु भएको छ ।
जिल्लामा मानव अधिकार र खाद्य अधिकारको अवस्थाका विषयमा विभिन्न सरोकारवाला निकाय र अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्थाहरुबीच छलफल सुरु भएको छ ।
 जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले कार्यशालाको उदघाटन गरे पछि कर्णालीमा खाद्य अधिकारका विषयमा छलफल भएको छ भने मानव अधिकार तथा खाद्य अधिकारका विषयमा राज्यको दायित्वका विषयमा समेत छलफल भएको छ  ।
 विहिवारसम्म सञ्चालन हुने कार्यशालाको दोस्रो दिन खाद्य अधिकारका क्षेत्रमा अनुगमन प्रणाली ,माग र आपुर्तिका विषयमा समेत छलफल हुने छ । छलफलमा अन्य क्षेत्रको तुलनामा कणाली अञ्चल खाद्य अधिकारका क्षेत्रमा जोखिममा छ भने मुगु र हुम्ला चरम खाद्य संकटमा रहेको विषयमा समेत छलफल भएको छ । कार्यशालामा पचास जना भन्दा बढीको सहभागिता रहेको थियो।

0 comments

बिचार लेख्नुहोस्..