रोवामा मतदाता संकलन कार्य सुरु,

मुगु न्युज डट कम
असार १४ गमगढी,

अन्तरिम चुनावी मन्त्रि परिषदले मंसिर ४ गते संविधान सभाको चुनाव घोषणा भए पछि देश भरि फोटो सहितको मतदाता नामावली संकलन गर्ने कार्य भईरहेको वेला मुगुमा पनि संकलन कार्य भईरहेको छ ।
जिल्लाका सोरु , खत्याड र करान क्षेत्रमा एकिकृत घुम्ति शिविर सञ्चालन गरि फोटो सहितको मतदाता नामावली संकलन कार्य सम्पन्न भए पछि शुक्रबार देखि गम भेकको रोवा गाविसमा सुरु भएको छ ।
             मतदाता नामावली दर्ता नगराएका व्यक्तिहरुले असार मसान्तसम्म नाम दर्ता गराउन जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक सुचना जारी गरि सकेको छ । अहिलेसम्म फोटो सहितको मतदाता दर्ता गराउनेको संख्या जिल्लामा २२ हजार ५ सय रहेको छ । मतदाता नामावलि दर्ता गराउन छुटेकाहरुले जिल्ला प्रशासन कार्यालयमा पुगेर पनि दर्ता गराउन सक्ने जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।

,

0 comments

बिचार लेख्नुहोस्..