ढुंगा लागेर गाविस सचिवको मृत्यु ,

मुगु न्युज डट कम, असार १३ , मुगु ,
 जुम्ला जिल्ला स्थायी घर भई डोल्पा जिल्लाको धो गाविसमा कार्यरत गाविस सचिव देविचन्द्र पाण्डेको सदरमुकाम दुनै फर्कने क्रममा बाटोमा हिड्दै गर्दा माथिबाट आएको ढुंगा लागेर मृत्यु भएको छ ।
 जुम्ला जिल्ला गज्र्याङकोट गाविस वडा नम्बर ७ खल्ला वाडा स्थायी घर भए मृतक पाण्डे आफ्नो कार्य क्षेत्रको कामको शिलशीलामा जिल्ला विकास समित डोल्पा फर्कदै गर्दा बाटोमा ढुंगा लागेर मृत्यु भएको उनका साथी डोल्पामा गाविस सचिवमा कार्यरत महेन्द्र आचार्यले जानकारी दिए । सदरमुकाम दुनै फर्कदै गर्दा पहाडा गाविस वडा नम्बर ९ मा पर्ने खाली वन नजिक बुधवार दिउसो ढुंगा लागेर मृत्यु भएपछि मृतक सचिव पाण्डेको शव विहिबार हेलिकप्टर बाट जुम्ला सदरमुकाम खलंगा स्थित कर्णाली अञ्चल अस्पतालमा पोष्ट मार्टम पछि परिवारलाई बुझाईएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए  ।

0 comments

बिचार लेख्नुहोस्..