खाद्य अधिकार सम्बन्धि दुई दिने कार्यशाला सम्पन्न,
मुगु न्युज डट कम,
राष्टिय मानब अधिकार आयोग उप क्षेत्रिय कार्यालय जुम्लाको आयोजनामा बुधवार देखि सुरु भएको मानव अधिकार तथा खाद्य अधिकार सम्बन्धि दुई दिने कार्यशाला विहिबार सम्पन्न भएको छ ।
कार्यशालामा जिल्लाको खाद्य आपुर्ति, माग , बजार व्यवस्थापन र स्थानीय उत्पादन तथा पहुँचको विषयमा समेत छलफल भएको थियो । कार्यशालामा सहभागिहरुविच समुह विभाजन गरि जिल्लामा वर्तमान अवस्थामा खाद्य सुरक्षा तथा अधिकारको अवस्था, अपनाईएका रणनिति र भावि कार्यनितिका विषयमा प्रस्तुती गरिएको थियो ।
कार्याशालाको समापन गर्दै प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले मानव अधिकारका विषयमा उठेका सवै सवालहरुलाई स्थानीय प्रशासन कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए । गोष्ठिका सहभागिले मानव अधिकारका सवालहरु कागजमा मात्रै सिमित नगरि दैनिक व्यवहारमा लागु गर्नु पर्ने तर्क गरेका थिए ।

0 comments
बिचार लेख्नुहोस्..