कर्मचारीको आपसी विवादका कारण करोडऔ रकम फिर्ता

नृपेन्द्र बहादुर मल्ल ,  मुगु
   जिल्ला विकास समिति मुगुका स्थानीय विकास अधिकारी र जिल्ला प्राविधिक कार्यालय मुगुका ईन्जिनियर बीच खाता सञ्चालन कसले गर्ने भन्ने विषयमा विवाद हुँदा करोड औ रकम फिर्ता हुने भएको छ ।
एसियाली विकास बैंक एडिविको सहयोगमा ग्रामिण विकेन्द्रत पुर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप)मार्फत जिल्लाका विभिन्न स्थानमा सडक निर्माणका लागि आउने रकम नआउने भएको छ ।
आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकि रहँदा जिल्लाको खत्याड भेकमा पर्ने कालाकाँडा– चिमाढुंग्रीसम्म १६ किलो मिटर सडक खण्ड निर्माणका लागि टेण्डर भईसकेको भए पनि विगतमा निर्माण गरिएका सडकमा अनियमितता भएको भन्दै अख्तियारमा मुद्दा विचाराधिन अवस्थामा रहेकाले एडिविले अहिले टेण्डर स्वीकृत नमानेको प्राविधिक कार्यालय स्रोतले जनाएको छ ।
  अर्को तर्फ डिलिप आयोजनाको सम्पुर्ण जिम्मेवारी तथा आर्थिक अधिकार जिल्ला ईन्जिनियरलाई रहने स्थानीय विकास मन्त्रालयले परि पत्र गरे पनि आफुलाई स्थानीय विकास अधिकारीले दिन नमानेको जिल्ला ईन्जिनियर विर बहादुर रावलले बताए ।   
 कानुन अनुसार यस आयोजनाको आर्थिक जिम्मेवारी स्थानीय विकास अधिकारीलाई नै हुने भएकाले प्राविधिक कार्यालयमा कुनै अवस्थामा नहुँने जिल्ला विकास समिति मुगुका स्थानीय विकास अधिकारी भरत गौतमले बताए ।
 स्थानीय विकास मन्त्रालयबाट नै आयोजनाको आर्थिक अधिकारका लागि कहिले स्थानीय विकास अधिकारी त कहिले जिल्ला ईन्जिनियरको नाममा अख्तियारी पत्र आउने गरेको र आर्थिक चलखेल मन्त्रालयसम्म हुन सक्ने जिविस स्रोत बताउछ । मन्त्रालयको यस्तो परिपत्रले जिल्लामा कर्मचारीविचमा झन विवाद बढाएको छ । यस आयोजनाका लागि वार्षिक करोड औ रकम आउने र आयोजना सञ्चालन गर्दा आर्थिक चलखेल निकै हुने भएकाले स्थानीय विकास अधिकारी गौतम र जिल्ला ईन्जिनियर रावलविच आर्थिक अधिकार कसले पाउने भन्ने विषयमा गएको पौष देखि नै विवाद चल्दै आएको छ । दुई सरकारी अधिकारी विच यस्तो विवाद बढ्न थाले पछि जिल्लाका राजनीतिक दलहरुले संयुक्त खाता सञ्चालन गराउने तयारी गरिरहेका छन । यद्यपी अहिले संयुक्त खाता सञ्चालन गराए पनि आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकि रहेको छ । अर्को तर्फ आयोजना सञ्चालन गर्न सम्झौता समेत हुन सकेको छैन । कालाकाँडाको लागि १५ करोड र गमगढी ताल्चका लागि २५ लाख जिल्लामा नआउने भएको छ ।
 गौतमका अनुसार कालाकाँडा सडकका लागि कन्सल्टेन्ट छनौट गरि सम्झौता गर्नु पर्ने भए पनि डोलिडारले कन्सल्टेन्टको सम्झौता गर्न ढिलाई गरेका कारण यो पटक सडक निर्माण कार्य नहुने भएको छ ।
गमगढी ताल्च सम्मको ९ किलो मिटर सडकको स्तरउन्नती पनि डिलिपले गर्ने भने पनि पहिलो चरणमा आउने २५ लाख समेत नआउने भएको छ ।

0 comments

बिचार लेख्नुहोस्..