वर्षाका कारण जिललाका विभिन्न ठाउमा बाढी पहिरोले क्षति ÷बाढी पहिरो पिडीतलाई राहत हस्तान्तरण,
मुगु न्युज डट कम,
जिल्लाका विभिन्न स्थानमा बर्षाका कारण बाढी पहिरो जाँदा ठुलो परिमाणमा बाली नाली नष्ट भएको छ ।
बुधवार राती परेको अविरल वर्षाका कारण रुगा गाविसको वडा नम्बर १ र २ तिर्प र लहमा पहिरो जाँदा बाली नाली तथा फलफुलका विरुवा बगाएको स्थानीय वासी कैलाश बढुवालले जानकारी दिए । किसानले लगाएका कोदो , पाखो धान , मकै लसुन लगायतको सवै बाली बगाएको छ । तिर्प गाउका स्थानीयवासी मनसिंह रोकायाले लगाएका तिन सय कागतीका रुख बगाई दिएको छ । यो समाचार तयार पार्दासम्म सामान्य वर्षा हुँदा पनि लहमा जमिन बगिरहेको बताईएको छ ।
गए रातीको वर्षाका कारण खत्याडका श्रीकोट र सेरी गाविसमा दुईवटा घरमा क्षेति हुन गएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ थप विवरण आउन बाँकि रहेको बताईएको छ ।
गएको हप्ता सुदुर पश्चिमको दार्चुला , मध्य पश्चिमका हुम्ला र कालिकोटमा वर्षाका कारण बाढी पहिरोबाट पिडीत भएकाहरुलाई नेकपा एमाले मुगुले संकलन गरेको राहत रकम विहिवार जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीलाई हस्तान्त्रण गरेको छ । एक औपचारिक कार्यक्रम आयोजना गरि गमगढी बजारमा संकलन भएको ७६ हजार २ सय ५५ मध्य हुम्ला, कालिकोट र दार्चुलालाई जनही २० हजार र रुगाको वडा नम्बर १ र २ का लागि १६ हजार २ सय ५५ राहत रकम हस्तान्त्रण गरिएको छ ।

0 comments
बिचार लेख्नुहोस्..