जिल्लामा कुपोषित बालवालिकाको संख्या २६ प्रतिशत

मुगु न्यज डट कम,
असार १७ मुगु,

 जिल्ला भरिमा कुपोषित हुने बालबालिकाको संख्या २६ दशमलव ७ रहेको जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ ।
 जिल्ला भरिका १० हजार बालबालिका मध्य कुपोषण भएर  स्वास्थ्य संस्थामा भर्ना हुने वालवालिकाको संख्या यस्तो देखिएको हो । समयमा आमाको दुध पर्याप्त नपाउनु , आमाले पोषण युक्त र ताजा तथा पेट भरि खान नपाउनु सरसफाईको कमिका कारण कुपोषण हुन बालबालिकाको संख्या धेरै देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।

गएको एक वर्षमा गम्भिर कुपोषण हुने बालबालिकाको संख्या ७ दशमलव१ प्रतिशत रहेको छ भने १९ दहमलव ६ प्रतिशत मध्यम देखिएको छ ।
 कुपोषण हुने बालबालिकाको सवै भन्दा बढि एक वर्षमा १ सय ३२ जना बालबालिका खनाया केन्द्रमा देखिएका छन भने गम भेकमा कुपोषण भएका बालबालिकाको संख्या १ सय ३० रहेको छ ।

0 comments

बिचार लेख्नुहोस्..